Thursday, March 28, 2024
Homeमुख्य खबरइप्रका गढवामा नयाँ प्रमुख

इप्रका गढवामा नयाँ प्रमुख

- Advertisement -spot_img

गढवा, ६ चैत । ईलाका प्रहरी कार्यालय गढवाको प्रहरी प्रमुखमा गिरिराज भण्डारी आएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत भण्डारी काजमा ईलाका प्रहरी कार्यालय गढवाको प्रमुख भएर आएका हुन् । यसअघि कार्यरत प्रहरी प्रमुख पञ्चलाल गोलेको जिल्ला प्रहरी कार्यालय सल्यानमा काज सरुवा भएका छन् ।
मंगलबार प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका प्रहरी प्रमुख भण्डारीले कानुनले दिएका अधिकार प्रयोग गर्दै जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा अपराधमा शुन्य सहनशीलता अपनाउने बताए । यस्तै उनले नागरिक प्रहरी साझेदारी कार्यक्रमलाई टोल–टोलमा पु¥याउने, सामाजिक हिंसाविरुद्ध पनि प्रहरीले स्थानीय तहसँग मिलेर आधारभूत कानुनको ज्ञान गराउनेजस्ता कार्यक्रम चलाउने प्रतिवद्धता जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here