इन्धनमा नयाँ मूल्य

मुख्य खबर

तुलसीपुर, २२साउन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आजदेखि लागू हुनेगरी पेट्रोल र डिजेलमा साविकको मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने मट्टितेलमा ५० पैसा बढाएको छ ।
नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य १ सय ९ पुगेको छ भने डिजेलको मूल्य ९७ रुपैयाँ पुगेको छ । निगमले खाने पकाउने एलपी ग्याँसमा भने प्रति सिलिण्डर २५ रुपैयाँ घटाएर मूल्य समायोजन गरेको छ । नयाँ मूल्य अनुसार अब खान पकाउने एलपी ग्याँसलाई प्रति सिलिण्डर १ हजार ३ सय ७५ मा किन्न सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *