इतिहासको संरक्षण

सम्पादकीय

परिवर्तनको लागि गरिएका कार्यहरुको संरक्षण गर्नु नयाँ पुस्ताको जिम्मेवारी हो । यस्तो कार्यले अघिल्लो पुस्ताको सम्मान पनि गर्छ । तत्कालिन माओवादीले गरेको सशस्त्र युद्व गरेर र शान्ति प्रक्रियाका लागि तत्कालिन लडाकुहरुको व्यवस्थापन भएका स्थानहरु अहिले संरक्षणको पर्खाइमा छन् ।
लडाकुको ब्यवस्थापन गरिएको दाङको सक्राम ब्यारेकले पनि सरक्षण खोजी रहेको छ । राज्यस्तरबाट संरक्षणमा त्यति ध्यान नदिएपछि त्यो क्षेत्रको महत्व र इतिहास लोप हुने र गुम्ने शंका पनि त्यत्तिकै रहेको छ ।
महत्व बोकेका यस्ता क्षेत्रको संरक्षण र विकासमा तीन तहकै सरकारले ध्यान दिन जरुरी छ । इतिहास इतिसास नै हो त्यसको संरक्षण हुनुपर्छ र गरिनुपर्छ । त्यसतर्फ सबै निकायले ध्यान दिन सकेमा त्यसबाट भविष्यमा हुने फाइदाको पनि आँकलन गर्न सक्नुपर्छ ।
अहिले सबै प्रायः सबै ठाउँहरु पर्यटकीय गन्तब्यको रुपमा विकास गरिदै आएको छ । सक्रामलाई पनि युद्ध पर्यटनको क्षेत्र बनाउन सकिन्छ । त्यसतर्फ सरकार लाग्न सक्नुपर्छ ।
सक्राम संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाको स्थानीय सरकारले चासो दिएको छ । आफ्नो नीति तथा कार्यक्रममा त्यस क्षेत्रलाई क्रान्ति संग्रालयको रुपमा विकास गर्ने योजना सार्वजनिक गर्नु राम्रो र उदाहरणीय कार्य हो ।
स्थानीय सरकारले तीन तहकै सरकालको सहभागिता र पहलमा सक्राम ब्यारेक क्रान्ति संग्रालयको रुपमा विकास गर्ने योजना अनुसार नीति आएको सार्वजनिक पनि भएको छ । हुने भएको हो ।
तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको सक्राम ब्यारेक संरक्षण नहुँदा अहिले लगभग जीर्ण जस्तै बनेको छ । यो क्षेत्रको इतिहास जोगाउन र पर्यटकीयस्थलको रुपमा विकास गर्ने गरी ल्याइएको क्रान्ति संग्रालयको योजना सह्रानीय छ ।
युद्व पर्यटनको बढवा पनि यो अभियानले दिने पक्का हुन्छ । परिवर्तनहरुको चिनारी गराउने र इतिहास समेट्ने गरी क्रान्ति संग्रालय स्थापना गरिने राम्रो पक्ष पनि हो ।
नेपालमा विभिन्न कालखण्डमा फरक–फरक परिवर्तनका उपलब्धि संस्थागत भएका छन् । परापूर्वदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको परिवर्तनमा आफ्नै विशेषता र महत्व रहेको छ । त्यो महत्वलाई स्थायीत्व दिन इतिहासको संरक्षण र प्रवद्र्धन आवश्यक हुन्छ ।
सरकारीस्तरबाट नै यस्ताखालका योजनाहरु आएमा मात्रै यो सार्थक रहन्छन् । परिवर्तनको चिनारी दिने गरी सबै प्रकारका क्रान्तिहरुको आकृति समेटर तयार पारिएको संग्रालय स्थापना गर्न लाग्नुपर्छ ।
त्यसतर्फ स्थानीय सरकारले चासो दिनुपर्छ । इतिहास संरक्षण र सहिदको संग्रालय सक्राममा स्थापना गरिनु राम्रो हो तर त्यसमा सबै इतिहास देखिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *