- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरइटहरीका जनप्रतिनिधि तुलसीपुरमा

इटहरीका जनप्रतिनिधि तुलसीपुरमा

- Advertisement -spot_img

तुलसीपुर, १९ चैत । तुलसीपुर उपमहानगरपालिकाको विकास पद्धति सिक्न इटहरीबाट जनप्रतिनिधिहरु आएका छन् । इटहरी नगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीको नेतृत्वमा आएको जनप्रतिनिधि र कर्मचारीको टोलीले तुलसीपुर उपमहानगरले गरेका विभिन्न कामको अवलोकन गरेको छ । उक्त अवसरमा उनीहरुले नमुना अटोभिलेज, निर्माणाधिन बसपार्क र तरकारी तथा फलफुल बजारको अवलोकन गरेका छन् ।
तुलसीपुरले गरेका नमुना कामका बारेमा सुनेर केही सिक्नका लागि आएको वडा अध्यक्ष शिव नारायण चौधरीले बताए । उनले यहाँको विकासको कामबाट नयाँ कुरा सिकेको समेत बताए ।
‘यहाँको स्थानीय तहले गरेका कामहरुलाई हामीले अनुशरण गर्नेछौ’ नगरप्रमुख चौधरीले भने । विभिन्न ठाउँको अवलोकनपश्चात् तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरको वारेमा जानकारी दिएका थिए । उनले भौतिक विकाससँगै अन्य सामाजिक विकासका काममा पनि काम गर्दै आएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here