- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरइच्छुकको १७औं स्मृति दिवस

इच्छुकको १७औं स्मृति दिवस

- Advertisement -spot_img

शर्मा, पीडित र आचार्य सम्मानित
घोराही, १४ जेठ । सहिद कृष्ण सेन ‘इच्छुक’को १७औँ स्मृति दिवस सोमबार मनाइएको छ । नेपाल पत्रकार महासंघ दाङ, प्रेस संगठन दाङ र जनसाँस्कृतिक महासंघ दाङ शाखाले संयुक्तरुपमा आयोजना गरेर स्मृति दिवस मनाएका हुन् । दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मालाई सम्मान गरिएको छ ।
शर्मालाई सम्मान पत्रसहित, दोसल्ला र नगद दश हजारले सम्मान गरिएको हो । त्यसैगरी, नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको ईच्छुक पत्रकारिता पुरस्कारबाट महासंघका पूर्वअध्यक्ष केएल पीडितलाई सम्मान गरेको छ ।
पीडितलाई नगद पाँच हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कथाकार निर्मल आचार्य सौगातलाई पनि सम्मान गरिएको छ ।
जनसाँस्कृतिक महासंघ दाङले स्थापना गरेको ईच्छुकको स्मृति साहित्यिक पुरस्कारबाट आचार्यलाई सम्मान गरिएको हो । सम्मान पत्र र नगद दश हजारसहित आचार्यलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले सहिद कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता, साहित्य र राजनीतिक, निष्ठा, आस्था र चरित्रको बारेमा चर्चा गरेका थिए । सहभागीले कृष्ण सेन ‘इच्छुक’को नेपाली पत्रकारितासँगै राजनीति र साहित्यमा महङ्खवपूर्ण योगदान रहेको बताएका थिए ।
प्रेस सेन्टरका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा.अमर गिरीले सहिद कृष्ण सेन इच्छुक विचारमा प्रतिवद्ध, त्यागी र निष्ठावान व्यक्ति भएको चर्चा गरेका थिए ।
इच्छुक कहिले पनि आफ्नो विचार र आस्थाबाट विचलिन नहुने निडर व्यक्ति भएको बताए । आर्थिक रुपमा अत्यन्त कमजोर रहेपनि गरिव जनताको परिवर्तनको पक्षमा लाग्ने इच्छुक विचारमा धेरै माथि रहेको बताएका थिए ।
प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले कृष्ण सेन इच्छुक पत्रकारिता, साहित्य र राजनीतिका त्रिवेणी भएको बताए । गरिव जनताको पक्षमा कलम चलाउने कृष्ण सेन ‘इच्छुक’बाट धेरै कुराहरु अहिलेको पुस्ताले सिक्न सक्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले नेपाली पत्रकारिताका क्षेत्रमा कृष्ण सेन इच्छुकको महङ्खवपूर्ण योगदान रहेको बताए ।
त्यस अवसरमा नेकपाका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, सम्मानित व्यक्ति निर्मल आचार्य, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम,
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सम्मानित व्यक्ति केएल बुढाथोकी, कृष्ण सेनका आफन्ती चुनचुन केसी, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदिप शर्मा, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य अजयदिप शर्मा,
सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नम्बर ५ का सचिव संगीत बस्याल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी, राप्ती साहित्य परिषद्का उपाध्यक्ष टिकाराम उदासी,
प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जानकी दहितलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस चौतारी दाङ शाखाका अध्यक्ष जेएन सागरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सम्मानित व्यक्तिहरुको परिचय प्रेस संगठनका केन्द्रीय सदस्य नरेन्द्र्र केसीले गरेका थिए ।
कार्यक्रमका सहभागीहरुलाई जनसाँस्कृतिक संघका अध्यक्ष रञ्जीत बुढाले गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भूपेन्द्र वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here