इकाई कमिटी गठन

मुख्य खबर राजनीति समाज

तुलसीपुर, १७ कार्तिक । दंगीशरण गाउँपालिकामा वडास्तरीय इकाई कमिटी गठन गरिएको छ । शनिबार नेपाली काँग्रेस दंगीशरण गाउँपालिका वडा नं २ मा प्रकाशमान वलीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेपाली काँग्रेस दंगीशरण गाउँपालिकाका सभापति शोभाराम न्यौपानेको प्रमुख आतिथ्यता एवं गाउँपालिका उपाध्यक्ष पिमा खड्काको विशिष्ट आतिथ्यतामा नयाँ कमिटी गठन गरिएको हो ।
गठित कमिटीको सभापतिमा प्रकाशमान वली रहेका छन् । उप–सभापतिमा रणवीर कुसारी र पार्वता खड्का रहेका छन् । त्यसैगरी सचिवमा लाल बहादुर डाँगी, कोषाध्यक्षमा युवराज खड्का रहेका छन् भने सह–सचिवमा सुन्दर प्रसाद चौधरी रहेका छन् ।
उक्त अवसरमा गठित कमिटीका सदस्यहरूले संगठनलाई आगामी दिनहरूमा मजबुद बनाएर लैजाने बताए । यसैगरी आसन्न प्रदेशसभा दाङ निर्वाचन क्षेत्र नं ३ (२) का काँग्रेस उम्मेदवारहरूलाई बिजयी बनाउनका लागि आफूहरू कटिवद्ध भएर लाग्ने प्रतिवद्धतासमेत जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *