- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरआशीर्वाद पेन्ट्सको भेटघाट कार्यक्रम

आशीर्वाद पेन्ट्सको भेटघाट कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, २९ भदौ । पश्चिम नेपालको पहिलो उत्पादन आशीर्वाद पेन्टस्ले कम्पनीसँग आवद्ध रहेका विभिन्न व्यक्तिहरुसँग भेटघाट तथा छलफल गरेको छ । कम्पनीका अध्यक्ष किरण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमले बजारमा कम्पनीको उत्पादनले पारेको प्रभाव, असर र कमिकजोरीका बारेमा छलफल गरिएको हो ।
उक्त अवसरमा कम्पनीले उत्पादन गर्दै आएको विभिन्न प्रकारका रङको गुणस्तरियताका बारेमा छलफल तथा सुझाव संकलन समेत गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली उत्पादनको पहिलो पहिचानको रुपमा रहेको उक्त कम्पनीमार्फत उत्पादित वस्तुहरु अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न योग्य रहेकोसमेत बताएका थिए । उनीहरुले उत्पादित रङले हरेक ग्राहकको मन जित्न सफल भएको भन्दै आगामी दिनमा यसको सेवाक्षेत्र वृहत बनाउँदै लैजानुपर्ने बताए ।
हाल ४ सयभन्दा बढी डिलर मार्फत कम्पनीले सेवा विस्तार गरिहेको बताउँदै कम्पनीका अध्यक्ष कार्कीले आगामी दिनमा थप डिलरहरु स्थापित हुने जानकारी दिए । उनका अनुसार बाँकेको नेपालगञ्जबाट उत्पादित आशीर्वाद पेन्टस् अहिले ५ वटा प्रदेशमा उपलव्ध रहेको छ । आगामी दिनमा ७ वटै प्रदेशमा आफ्नो सेवालाई विस्तार गर्ने बताए ।
सिद्धार्थ हार्डवेयर प्रालिका सञ्चालक खम्वु वलीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सबैभन्दा धेरै रङ बिक्री गर्ने पेन्टरहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै कार्यक्रममा प्रदेश टुडे राष्ट्रिय दैनिकका सम्पादक गोपाल शर्मा भट्टराई, तुल्सीपत्र दैनिकका प्रकाशक मनु शर्मा, पेन्टर शिवु चौधरी, आचार्य हार्डवेयर प्रालिका सञ्चालक सुनिल आचार्यलगायतले कम्पनीले आफ्नो उत्पादनमा थप गुणस्तरता ल्याउनुपर्ने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here