आशीर्वादका तीन नयाँ उत्पादन बजारमा

मुख्य खबर

दाङ, १६ बैशाख । पश्चिम नेपालमा स्थापना भएको आशीर्वाद पेन्ट्स प्रालिले आफ्नो नयाँ तीन उत्पादन बजारमा ल्याएको छ । आफ्ना ग्राहकहरुका लागि थप तीनवटा ब्राण्डका नयाँ उत्पादन बजारमा ल्याएको उद्योगले सार्वजनिक गरेको छ ।
विगतका कम्पनीले उत्पादन गरेका रङहरुले उपभोक्ताहरु खुशी भएको भन्दै नयाँ उत्पादनले पनि उपभोक्तालाई सन्तुष्टि र खुशी बनाउने आशीर्वाद पेन्ट उद्योग प्रालिका अध्यक्ष किरण कार्कीले बताए । उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिबाट आशीर्वादले पेन्ट उत्पादन गरिरहेको बताए ।
अहिले प्रालिले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै क्यान्भास एचटुओ वाटर बेस एनामेल, एरोमा रेडिएन्स प्रिमियम लक्जरी एमल्सन र पर्फेक्ट टेन वेदरप्रुफ एक्स्टेरियर एमल्सन गरी तीन नयाँ ब्राण्डका रङहरु बजारमा ल्याएको अध्यक्ष कार्कीले बताए । उनले उत्पादित नयाँ रङको एक कार्यक्रमका बीच नेपालगंजमा लञ्च गरिएको बताए ।
देशभर ४ सय ११ वटा डिलहरुबाट पेन्ट उपलब्ध गराई रहेको आशीर्वाद पेन्ट उद्योगले अबको दुई वर्षभित्रमा नेपालभरी आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको उनले जानकारी दिए ।
नेपालगंज औद्योगिक क्षेत्रमा उत्पादन गरिएको आशीर्वाद पेन्ट्स ग्राहकहरुका लागि उत्कृष्ट पेन्ट्सको रुपमा स्थापित हुन सफल भएको उद्योगले दाबी गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी प्रालिले आफूले बजारमा ल्याएका नयाँ ब्राण्डका बारेमा सबैलाई जानकारी गराएको थियो । दुई वर्ष पहिले स्थापना भएको पश्चिम नेपालकै पहिलो पेन्ट उद्योग स्थानीय युवा व्यवसायीको लागि रहेको छ । युवाको लगानीले उत्पादन गरिएको पेन्ट गुणस्तरीय, स्तरीय, अत्याधुनिक प्रविधियुक्त रहेको उद्योगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *