- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरआर्थिक सर्वेक्षण सार्वजनिक

आर्थिक सर्वेक्षण सार्वजनिक

- Advertisement -spot_img

काठमाडौँ, १४ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष ०७५÷७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । सोमबार संसदमा अर्थमन्त्री खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।
आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत र ८ महिनाको औसत मुद्रास्फिति दर ४.२ प्रतिशत रहेको उल्लेख छ । प्रतिव्यक्ति आम्दानी बढेर एक हजार ४७ अमेरिकी डलर पुग्ने अनुमान छ ।
अहिलेको मूल्यमा हिसाब गर्ने हो भने प्रत्येक नेपालीले वर्षमा औसतमा कम्तिमा १ लाख १७ हजार रूपैयाँ आर्जन गर्छन् । प्रतिव्यक्ति खर्चयोग्य आय १ लाख ५५ हजार रूपैयाँ पुगेको अनुमान गरिएको छ ।
त्यस्तै कुल ग्रार्हस्थ उत्पादनको १०–१२ प्रतिशत बचत हुँदै आएकोमा चालु आर्थिक वर्षमा बचत बढेर २० प्रतिशत पुग्ने बताइएको छ । यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको सर्वेक्षणमा देखाइएको छ ।

अहिलेको मूल्यमा हिसाब गर्ने हो भने प्रत्येक नेपालीले वर्षमा औसतमा कम्तिमा १ लाख १७ हजार रूपैयाँ आर्जन गर्छन् । प्रतिव्यक्ति खर्चयोग्य आय १ लाख ५५ हजार रूपैयाँ पुगेको अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ अर्ब ५७ अर्ब रूपैयाँ हुने अनुमान छ । कुल ग्रार्हस्थ बचतको वृद्धिभन्दा कुल पुँजी लगानीको वृद्धि उच्च रहदा बचत र लगानीको अन्तर बढ्दै गएको छ ।
त्यस्तै फागुनसम्मको कुल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको बताइएको छ ।

गरिबी घट्यो

उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहले गरिबी निवारणमा टेवा पु¥याएको छ । निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या १८.७ प्रतिशत रहेको अनुमान आर्थिक सर्वेक्षणमा प्रस्तुत छ ।

राजस्व बढ्यो

चालु आर्थिक वर्षको फागुनसम्म संघीय विभाज्य कोष र संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व ५ खर्ब रहेको छ । राजस्व गत वर्षको तुलनामा २१.७ प्रतिशतले बढेको हो ।

वैदेशिक सहायता १ खर्ब ७ अर्ब

चालु आर्थिक वर्षको फागुनसम्म १३ अर्ब रूपैयाँ अनुदान र ९३ अर्ब रुपैयाँ ऋण गरी एक खर्ब ७ अर्ब रूपैयाँ वैदेशिक सहयोग प्राप्त भएको छ । फागुनसम्म सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ । योमध्ये ३ खर्ब ८३ अर्ब रुपैयाँ आन्तरिक ऋण र ५ खर्ब ९५ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ ।

के–के भयो प्रगति ?

बीमा पहुँचः १८ प्रतिशत जनसंख्यामा
बैंकको शाखा संख्याः ४,७०१ ओटा ९७५३ मध्ये ७१३ स्थानमा
विद्युत्को पहुँच पुगेको जनसंख्याः ७७.८ प्रतिशत
नवीकरणीय उर्जा पहुँच पुगेको जनसंख्याः १८ प्रतिशत
कुल विद्युत उत्पादनः १,१४२ मेगावाट
सडकः ३१,३९२ किमी
कालोपत्रेः १४,१०२ किमी
खण्डस्मित सडकः ७,८८१ किमी
कच्ची सडकः ९,४०१ किमी
कुल पर्यटक आगमनः ११ लाख ७३ हजार

वैदेशिक व्यापार

निर्यातः ६१ अर्ब रुपैयाँ
गत वर्षको तुलनामा वृद्धिः १४.६ प्रतिशत
आयातः ९ खर्ब ४९ अर्ब रुपैयाँ
गत वर्षको तुलनामा वृद्धिः २३.८ प्रतिशत
व्यापार घाटाः ८ खर्ब ८८ अर्ब रुपैयाँ
भुक्तानी सन्तुलनः ५९ अर्ब रुपैयाँ (ऋणात्मक)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here