- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरआयुर्वेद शिक्षण अस्पतालमा शल्यक्रिया सेवा

आयुर्वेद शिक्षण अस्पतालमा शल्यक्रिया सेवा

- Advertisement -spot_img

बेलझुण्डी (दाङ), २७ साउन । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अधययन संस्थानअन्तर्गतको केन्द्रीय आयुर्वेेद विद्यापीठ शिक्षण अस्पताल बेलझुण्डी दाङमा शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालको बहिरङ विभागमा क्षारछुत्र सेवा सुरु भएको हो । बेलझुण्डी आयुर्वेद अध्यान संस्थान दाङअन्तर्गत रहेको शिक्षण अस्पतालमा क्षारछुत्र विधिद्वारा पाइलस रोगको उपचार प्रारम्भ भएको केन्द्रीय विद्यापीठले जनाएको छ । अस्पतालमा रहेको सल्ले विभागअन्तर्गत डा सन्तोष खनालले क्षारछुद्र विधिअन्तर्गत सफल शल्यक्रिया गरेको केन्द्रीय आयुर्वेद विद्यापीठका प्राचार्य प्रा.डा. सुनील कुमारले जाकारी दिए । क्षारछुद्र विधिद्वारा अर्स (पाइल्स) भगन्दर (फिस्टुला) आदि रोगमा गरिने आवुर्येदको विशिष्ठ विधि हो । बहिरङ सेवा मात्र सञ्चालित शिक्षण अस्पतालमा अन्तररङ एवं फार्मेसी सेवा पनि सञ्चालन गरी बिरामीलाई आयुर्वेदिक पद्धतिबाट विशेषज्ञ सेवा प्रदान गरिने उनले बताए । यो सँगै राम्रो भौतिक संरचना एवं विशेषज्ञ डाक्टरहरु भएको शिक्षण अस्पतालले अब गतिलिने विश्वास गरिएको छ । शिक्षण अस्पतालमा यो सँगै अहिले काय चिकित्सा, स्त्री प्रसूति रोग, बालरोगमा विशेषज्ञता हासिल गरेका चिकित्सकबाट सेवा दिइराखिएको छ । यसका अतिरिक्त सामान्य चिकित्सा सेवा पनि नियमित रुपमा सञ्चालन भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here