- Advertisement -spot_img
Friday, April 16, 2021
Homeविचारआयुर्वेद उपचारमा विस्वास

आयुर्वेद उपचारमा विस्वास

- Advertisement -spot_img

नागरिकहरु पछिल्लो समय योगतिर बढी आकर्षण भएका छन् । योगले मानव शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्ने विश्वासले मानिसको योग जीवन बढ्दै छ । योगसँगै जोडिएको आयुर्वेद उपचारमा भने नागरिकहरूको विश्वास कम देखिन्छ । जिल्लामा स्थापना भएका आयुर्वेद अस्पतालहरूमा उपचार गराउने बिरामीको संख्या अत्यन्त कम रहेको छ । भने यही रहेका एलोपेथिक उपचार हुने अस्पतालहरूमा सधैजसो बिरामीको चाप देखिन्छ । रोगलाई तत्काल निको पार्न खोज्दा नागरिकहरू आयुर्वेदिकभन्दा एलोपेथिकको उपचारमा विश्वास बढ्दो छ । आयुर्वेदमा अझै पनि उपचारमा विश्वास कम देखिएको छ ।

हराउँदै गएको आयुर्वेदिक उपचारको विश्वासलाई फर्काउने गरी आयुर्वेदिक चिकित्सालयहरूले योजना बनाउनुपर्छ । आयुर्वेद अस्पतालहरू परम्परागत रूपमा सञ्चालन हुँदा पनि उपचारमा विश्वासको खडेरी परेको हो । अब त्यो विश्वासलाई आधुनिक र परिस्कृत गर्दै पुनः फर्काउन सक्नुपर्छ ।


दाङमा आयुर्वेद उपचारका लागि राज्यले एउटा क्षेत्रीय अस्पताल, एक जिल्ला अस्पताल र केही गाउँपालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । सबै स्थानमा रहेका आयुर्वेद अस्पतालहरूमा बिरामी भने अत्यन्त कम छन् । प्रायः सुनसान भन्न सकिने अवस्थामा आयुर्वेद औषधालयहरू रहेको देखिन्छ । पहिले उपचारमा चम्किएर बीचमा सुनसान देखिने दाङको विजौरीमा रहेको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयमा केही समय यता बौरिन थालेको छ । बिरामीहरूको अस्पतालमा चहलपहल बढिरहेको छ । विना असर र प्रभावविना प्राकृतिक पद्धतिबाट उपचार हुने आयुर्वेदिक उपचारमा पछिल्लो समय केही विश्वास बढेको पनि देखिएको छ । अस्पतालको तथ्याङ्कले यो देखाउनु नागरिकप्रतिको विश्वास बढ्दै जानु नै हो । दैनिक दशजनासम्म उपचारको लागि आउने क्षेत्रीय अस्पतालमा अहिले सरदर ५० दैनिक उपचारका लागि आउने वातावरण भनेको छ । २०४८ सालमा स्थापना भएको चिकित्सालयमा एक दशक पहिले उपचारको लागि आउने बिरामीको संख्या दैनिक दुईसयको हाराहारीमा रहने गरेका थिए अब पनि त्यो विश्वास र त्यो वातावरण अस्पतालले बनाउन सक्नुपर्छ । नागरिकको विश्वास आयुर्वेदिक उपचारमा बढि रहदा त्यसको लागि अस्पतालले पनि दरबन्दी अनुसारको दक्ष जनशक्ति व्यवस्थापनमा चासो दिनुपर्छ । विशेषज्ञ सेवा दिन सुरू भए अस्पताल सुनसान हैन भरिभराउ हुन्छ ।
हराउँदै गएको आयुर्वेदिक उपचारको विश्वासलाई फर्काउने गरी आयुर्वेदिक चिकित्सालयहरूले योजना बनाउनुपर्छ । आयुर्वेद अस्पतालहरू परम्परागत रूपमा सञ्चालन हुँदा पनि उपचारमा विश्वासको खडेरी परेको हो । अब त्यो विश्वासलाई आधुनिक र परिस्कृत गर्दै पुनः फर्काउन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here