- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरआमा समूहद्वारा फिल्टर वितरण

आमा समूहद्वारा फिल्टर वितरण

- Advertisement -spot_img

सल्यान, ७ असोज । माई भगवती आमा समूहले स्वास्थका लागि पानी जीवनका लागि शुद्ध पिउने पानी भन्दै २७ घरधुरीलाई फिल्टर वितरण गरेको छ । बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ काप्राको माई भगवती आमा समूहले पूर्ण सरसफाई गाउँ टोल बनाउने उद्देश्यले फिल्टर बाँडिएको स्वास्थ स्वयंसेविका हरिकला पुनले जानकारी दिएकी छन् ।
आमा समूहको ३३ हजार लगानीमा पानी सुदृढीकरणको लागि भन्दै फिल्टर बाँडिएको हो । देशभरी भाइरल ज्वरो, रुघाखोकी, टाइफाइडलगायत विभिन्न रोगहरु दूषित पानीका कारणले लाग्ने भएकोले आफूहरु समूहमा सल्लाह गरेर फिल्टर बाँड्ने योजना गराएको पुनले बताए ।
शुद्ध पिउने पानीको लागि कुनै पनि संघसंस्था तथा वडा नगरपालिका नहेरेको रोगबाट बच्चालाई घरको कामले गर्दा उमालेर खाने समय नभएको कसैलाई पिउस हालेर खाना पनि नजान्ने भएकोले यसको सबैभन्दा सजिलो उपाय भनेको फिल्टर गरेर पानी पिउनु भएकोले आफूहरुको समूहमा फिल्टर वितरण गरिएको आमा समूहकी अध्यक्ष खुमा पुनले बताइन् ।
गत वर्ष पनि सामाजिक कामअन्तर्गत २६ हजारको मन्दिरमा घाट, २४ हजारको ड्रेस र ६ हजारको विवाह पार्टीमा आवश्यक पर्ने भाँडाकुडा ल्याएको बताइन् । कार्यक्रमको सहजीकरण दलित विकास समाज सल्यानकी सामुदायिक पोषण सहजकर्ता दिपा बिसीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here