Thursday, March 28, 2024
Homeफिचरआमा छोरी कक्षा एकका विद्यार्थी

आमा छोरी कक्षा एकका विद्यार्थी

- Advertisement -spot_img

कक्षा एकमा अध्ययन गर्दै तुलसी परियार आफन्नी छोरी र अन्य कक्षाका साथीहरुसंग ।
दाङ, १३ माघ । नामः तुलसी परियार, कक्षा एक, रोल नं. ४,
वर्ष  ३०, ठेगाना तुलसीपुर उपमहानगरपालिका ६ गोलौरा, विद्यालयको नाम  पशुपति प्रावि राइखलियान तुलसीपुर दाङ ।
यो परिचय तुलसीपुर उपमहानगरपालिका ६ गोलौराकी ३० वर्षिया तुलसी परियारको हो । उनी अहिले स्थानीय पशुपति प्राथामिक विद्यालय राइखलियान तुलसीपुरमा कक्षा एककी विद्यार्थी हुन । तीन दशक पारगरेकी तुलसी कक्षा एकमा पढ्न सुरु गरे पछि उनको अहिले परिचय नै फेरिएको छ । गृहनीबाट विद्यार्थीमा । पाँच सन्तानकी आमा तुलसी अहिले कान्छी छोरी ५ वर्षिया लक्ष्मी परिवारसंग एउटै कक्षामा पढ्दै छिन । समयमा आफूले पढ्न नपाए पछि अहिले कान्छी छोरीसंगसंगै पढन शुरु गरेकी छु, कक्षा कोठामै भेटिएकी तुलसीले भनिन, नपढेर केहि पनि हुदो रहेन्छ । संसारनै अन्धकार हुने रहेछ र यो उमेरमा केहि सिक्न स्कुल आउन थालेकी हुँ । धेरै कुरा सिकि सके ।
पढनलाई उमेर पनि छेक्दैन बन्ने सुनेर पढन थालेकी छु । यो शैक्षिक सत्रदेखि कक्षा १ मा पढ्न शुरु गरे उनले भनिन्, कक्षामा मेरो साथी मेरी छोरी पनि छन । छोरीसंगै स्कुल आउँदा केहि लाजको महशुस पनि भयो पहिले पहिले तुलसीले भनिन् अहिले त निर्धक्कसंग आउँछु । गाउँलेहरु यो त बौलाही, यो उमेरमा पढ्न जान्छे भन्छन् उनले भनिन्, तर कसैको कुराको प्रवाह नगरि नियमित रुपमा स्कूल आएर पढिरहेकी छु । मेरो घरबाट पनि पढ्नलाई पूर्ण रुपमा सहयोग भएको छ ।

श्रीमानले पनि पढ्ने सोच भए पढ भन्नु भएको छ, उनले भनिन्, स्कुल आएर धेरै कुरा जानी सकेकी छु । गाउँमा प्रौढ समेत पढ्न नपाएकीले स्कुल पढ्ने सोच आयो, सके जति पढ्छु, उनले भनिन् एसएलसी पास गर्ने धोको छ ।

श्रीमानले पनि पढ्ने सोच भए पढ भन्नु भएको छ, उनले भनिन्, स्कुल आएर धेरै कुरा जानी सकेकी छु । गाउँमा प्रौढ समेत पढ्न नपाएकीले स्कुल पढ्ने सोच आयो, सके जति पढ्छु, उनले भनिन् एसएलसी पास गर्ने धोको छ । अहिले बाह्रखरी र एविसिडी राम्रोसंग जानेकी तुलसी अब्बल विद्यालयमा अब्बल विद्यार्थी बन्दै गएकी छन ।
तुलसीकी अर्काे छोरीले त्यहि स्कुलमा कक्षा ५ मा पढ्छिन भने अरु सन्तानले अर्काे विद्यालयमा सात, आठ र नौ कक्षा पढ्छन । उनी भने कान्छी छोरीको कक्षामा संगै पढ्छिन् । बालापनमा पढ्न पाइएन, त्यतिबेला पढाइको महत्व पनि बुझिएन, उनले भनिन्, अहिले उमेर ढल्के पछि पढाईको महत्व बुझेर पढ्न आएकी छु । अहिले छोरीसंगै पढ्न पाउदा धेरै खुसी छु । छोरी लक्ष्मी परियारले मम्मीसंगै कक्षामा हुँदा घरको जस्तै लाग्ने गरेको बताइन । मलाई पनि धेरै सिकाइदिनु हुन्छ, उनले भनिन्, नजानेको मैले मम्मीसंगै सोधेर लेख्छु । तुलसीलाई कक्षा एकका विद्यार्थीहरुले अभिभावक मानेरसंगै पढ्ने गरेका छन । विद्यालयले समेत नमुना काम भएको भन्दै तुलसीको यो कार्यले अरु नपढेका अभिभावकको समेत आँखा खोलिदिने विश्वास गरेको बताएका छ । विद्यालयका निमित्त प्रअ लालबहादुर बुढाथोकीले तुलसीपुरको विद्यालय यात्राले अन्य बालबालिका समेत पढाईमा लगनशील भएको बताए । यस्ता घटनाहरु विरलै हुने हुदा विद्यालयले पछि तुलसीको शिक्षामा पूर्णरुपमा चासो दिएको बताए । तुलसीको पढाई पनि राम्रो हुँदै गएको छ, शिक्षक बुढाथोकीले भने, हामीलाई पठाउन समेत सहज हुन्छ  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here