आफ्नै छोराको कुटपिटबाट आमा घाइते

मुख्य खबर समाज

लमही, २६ असार ।
पैसा नदिएको भन्दै देउखुरीमा एक युवाले आफ्नै आमालाई कुटपिट गरेर घाइते बनाएका छन् । लमही नगरपालिका वडा नम्बर ५ कोइलाबास रोडमा डेरा गरेर बस्ने बर्ष ३८ का यमबहादुर पुनले आफ्नी ७६ बर्षिया आमा तुलसी पुनलाई सोमबार साँझ कुटपिट गरेको पीडित तुलसीले बताएकी छन् ।
२०२९ सालमा प्यूठानको नारीकोटबाट दाङको रामपुर बसाई सरेर आएकी तुलसी श्रीमान्को मृत्युपछि रामपुरमा एक्लै बस्दै आएकी थिइन् । तुलसीका अनुसार लोग्ने बित्नु भयो छोरी सबैको बिहे भएर अर्काको घर गए, छोरो पनि आफ्नो परिवार लिएर देउखुरी झ¥यो म बुढी कहाँ जाउ थोरै भएपनि जग्गा छ भनेर उतै बसेकी थिए । पटक–पटक जाँदै आमा उतै जाम हिड तिम्लाई नराम्रो हुने छैन बुहारीले पनि बोलाकी छ भन्यो अनि रामपुरमा भएको जग्गा बेचम भन्यो र बेच्यो । प्रति कठ्ठा दुई लाखका दरले जग्गा बेच्यो तर मलाई पाँच लाख रुपैयाँ मात्र दियो बाँकी कता– कता के ग¥यो मलाई थाहा छैन तुलसीले भनिन् ।
तुलसीलाई कुटपिट गर्नाको दिन पनि यम बहादुरले मादक पदार्थ खाएर आएको उनकी श्रीमतीले बताइन् । मादकपदार्थ खाएर आएको बेला छोराले जग्गा किन्नको लागि पचास हजार मागेको र माग्दा आमाले दिन्न मैले पैसा बैंकमा राखी सके छैन आफ्नै पैसाले किन भनेपछि डाडुले घाँटी र टाउकोमा हिर्काएको तुलसीले बताइन् । छोराको कुटपिटबाट तुलसीको घाटी र टाउकोमा चोट लागेको छ भने लात्ती र मुक्काले हान्दा पुरै शरीर भरी चोट लागेको छ । सोमबार राति भएको घटनाको अर्को दिन मंगलबार मात्र प्रहरी कहाँ गएर छोराको ज्यादतिका बारेमा उजुरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *