आपत्कालीन कार्यसञ्चालन र विपद् सूचना प्रणाली

विचार


खिलानाथ दाहाल
नेपाल बाढी, पहिरो, आगलागि, महामारी, खडेरी, चट्याङ जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा गैर प्राकृतिक विपद् तथा भूकम्पजस्ता कहिलेकाहिँ जाने र ठूलो मात्रामा जनधनको क्षति हुने विपद्का हिसाबले उच्च जोखिममा रहेको छ । तत्कालीन अवस्थाको दैवीप्रकोप (उद्धार) ऐन, २०३९ र वर्तमान अवस्थामा नेपाल सरकारले कार्यान्वयनमा ल्याएको विपद् जोखिम तथा ब्यवस्थापन ऐन २०७४ बमोजिम खोज उद्धार र राहतलगायत विपद् प्रतिकार्यका कार्यहरु हुँदै आएको छ । हालको विपद् ब्यवस्थापन ऐनले विभिन्न संरचनागत ब्यवस्था भए बमोजिम विपद् ब्यवस्थापन परिषद् जुन प्रधानमन्त्रीको अध्यक्षतामा रहन्छ ।
गृहमन्त्रीको अध्यक्षतामा रहेको विपद् ब्यवस्थापन कार्यकारी समितिले विपद् प्रतिकार्यलगायत विपद् व्यवस्थापनको समग्र नेतृत्वदायी भूमिका रहेको छ । प्रदेशस्तरमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् ब्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारको अध्यक्षतामा जिल्ला विपद् ब्यवस्थापन समिति तथा स्थानीयतहको प्रमुखको अध्यक्षतामा स्थानीय विपद् ब्यवस्थापन समिति सोअन्तर्गत वडा अध्यक्षको अध्यक्षतामा वडास्तरीय विपद् ब्यवस्थापन समिति रहने ब्यवस्था भएबमोजिम विपद् जोखिम न्यूनीकण, पूर्वतयारी र प्रतिकार्यका कार्यहरु गर्दै गर्नुपर्नेछ भने अब स्थानीयतहले विपद् ब्यवस्थापन ऐन निर्माण गरी सोको कार्यान्वयन गर्ने बिषयमा अगाडि बढेको पाइन्छ । सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित निकायहरू र साझेदार संस्थाहरूले प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि केन्द्रमा राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र, प्रदेशमा आपतकालीन कार्यसञ्चालन केन्द्र, जिल्लामा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी कार्य गरी आएका छन् भने स्थानियतहमा आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता जरुरी रहेको छ जुन आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना भयो भने विपद् खोज, उद्धार, राहतलगायतका गतिविधिहरु कार्यान्वयन र विपद् सूचना ब्यवस्थापनमा महङ्खवपूर्ण भूमिका रहन्छ ।
विपद्सम्बन्धी सबै किसिमका गतिविधिहरु, नेपाल सरकारले ल्याएका ऐन, नीति, निर्देशिका आदि कार्यान्वयन, विपद् पूर्व तयारी, विपदको समयमा हुने प्रतिकार्य प्रणाली, विपद् तथ्याङ्क संकलन लेखाजोखा र विपद् पश्चात गरिने गतिविधिको प्रभावकारी कार्यान्वयनमा महङ्खवपूर्ण भूमिकामा रहेको हुन्छ । त्यसैले अब स्थानियतहमा पनि आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना हुनुपर्ने जरुरी छ ।
आपत्कालीन कार्यसञ्चालन केन्द्र
विपद्को घटना पूर्व, विपद्को अवस्थामा र विपद् पश्चात तथा प्रतिकार्यका कार्यहरु कति प्रभावकारी भएको छ भनी जिल्लास्तरबाट सुनिश्चित गर्ने र विपद् प्रतिकार्यका लागि नेतृत्व लिने काम गर्दछ भने विपद् तथ्याङ्कहरु संकलन, विश्लेषण गरी प्रभावित समुदायको जीवन रक्षा तथा सम्पत्तिहरुको सुरक्षाका लागि निर्णय लिने, सरकारी अधिकारीहरु तथा मानवीय विपत्तिका क्षेत्रमा काम गर्ने निकायहरुसँग समन्वय गरी विपद्बाट प्रभावितहरुका लागि तत्कालीन राहत उपलब्ध गराउने र सम्पूर्ण सम्बन्धित निकायहरुलाई सूचना र निणर्यहरु प्रचारप्रसार गर्ने काम गर्दछ ।
विपद् ब्यवस्थापन समितिको सचिवालयको रुपमा कार्य गर्ने एक इकाई हो । जुन ७÷२४सैँ घण्टा सञ्चालनमा रहन्छ । यस कार्यसञ्चालन केन्द्रको उद्देश्य तथा प्रमुख कार्य भनेको विपदका हरेक प्रकारका सूचनाहरुलाई संकलन गर्ने त्यसको विष्लेषण गर्ने, विपद्को समयमा सबै निकायहरुसँग समन्वय गर्ने, सबै तहमा विपद्को सूचनाहरुलाई प्रवाह गर्ने रहेको छ । यी केन्द्रहरुले विपद् ब्यवस्थापन ऐन २०७४ अनुसार सम्बन्धित विपद् ब्यवस्थापन समितिहरुको नेतृत्वमा रहेर काम गर्दछन् । विपद् प्रतिकार्य पूर्व तयारी तथा प्रतिकार्य प्रकृयालाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन सञ्चालित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि तयार गर्न आवश्यकता महसुस गरी नेपाल सरकारले सन् २०१० मा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी विपद्सम्बन्धी सबै प्रकारका कार्य गर्दै आईरहेको छ र क्रमशः जिल्लास्तरमा समेत जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी जिल्लामा विपद् पूर्व तयारी प्रतिकार्य, समन्वय र विपद्सम्बन्धी सबै प्रकारका सूचनाहरुलाई एकद्वार प्रणालीमार्फत सबै सरोकारवाला निकायहरुमा उपलब्ध गराउने उद्देश्यका साथ आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना भएका हुन् । हालसम्म ५४ वटा जिल्लामा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी कार्यान्वयनमा ल्याइसकेको अवस्था छ भने सबै जिल्लामा स्थापना गर्ने लक्ष्य लिइएको छ ।

सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित निकायहरू र साझेदार संस्थाहरूले प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि केन्द्रमा राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र, प्रदेशमा आपतकालीन कार्यसञ्चालन केन्द्र, जिल्लामा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रसंग समन्वय गरी कार्य गरी आएका छन् भने स्थानियतहमा आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता जरुरी रहेको छ जुन आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना भयो भने विपद् खोज, उद्धार, राहतलगायतका गतिविधिहरु कार्यान्वयन र विपद् सूचना ब्यवस्थापनमा महत्वपूर्ण भूमिका रहन्छ ।


राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि राष्ट्रिय स्तरको कार्यसञ्चालन कार्यविधि २०७२ मन्त्रीपरिषदबाट पारित भई कार्यान्वयनमा ल्याइएको छ भने जिल्लास्तरको कार्यसञ्चालन विधि मन्त्रीपरिषद्बाट पारित हुने तयारी रहेको छ । कार्यसञ्चालन विधि भनेको एक गतिशील दस्तावेज हो । जसमा आगामी दिनमा विपद्को घटनाबाट सिकिएका पाठका आधारमा आवश्यकता अनुसार परिमार्जन गर्दै समय सापेक्ष बनाउँदै लगिनु पर्छ भने स्थानीयतहमा स्थापना हुने आपत्कालीन कार्यसञ्चालन केन्द्रका लागि एक सहयोगी मार्गदर्शन हुनेछ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको आपत्कालीन अवस्थामा प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नेतृत्वमा रहेर कार्य गर्दछ भने सामान्य अवस्थामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहि सात दिन चाँैबिसै घण्टा क्रियाशील रही कार्य गर्दछ ।
विपद् ब्यवस्थापन  सूचना प्रणाली
जिल्ला विपद् ब्यवस्थापन समितिलाई प्रतिकार्यका सम्बन्धी आवश्यक निर्णय लिन, प्रदेश तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग भएका सबै किसिमका सूचनाहरुलाई अभिलेख र प्रशोधन गरी www.drrportal.gov.np मा उपलब्ध गराउने र सबै सरोकारवाला निकायहरुलाई सहजै अनलाईन सूचना प्रणालीमार्फत उपलब्ध गराउँदछ भने दाङ, बाँके, बर्दिया, कैलाली र दार्चुला जिल्लामा नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यालयको सहयोगमा विपद् ब्यवस्थापन तथा विपद् पूर्व तयारी कार्यक्रमको सहयोगमा विगत तीन वर्षदेखि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धिका लागि सूचना ब्यवस्थापन अधिकृतसहित एकजना कर्मचारीको ब्यवस्थापन गरी जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सहगोग गर्दै आइरहेको छ भने सोही कार्यक्रमको सहयोगमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको जिल्ला तहको पनि विभिन्नतह तप्कामा परिक्षण, विपदको समयमा समेत प्रयोग गरी अनलाईन विपद् सूचना ब्यवस्थापन प्रणाली www.implatform.com/dang  रमबलन कार्यान्वयन माल्याएको छ । जसबाट जिल्लाका सबै किसिमका विपद् सम्बन्धी सूचना संसारको सुनसुकै स्थानमा रहेर पनि दाङ जिल्लाको विपद्, पूर्व तयारी तथा प्रतिकार्यका गतिविधिहरुका बारेमा प्राप्त गर्न सकिन्छ । जिल्लाको विपद् जोखिम क्षेत्रको अवस्था, विपद् जोखिम नक्सांकन, संकटासन्न क्षेत्रको जनसंख्या, जिल्लामा उपलब्ध साधनश्रोत, खोज उद्धारका सामाग्रीहरु, सुरक्षित स्थान, जिल्लामा क्रियाशील विपद् प्रतिकार्यमा कार्य गर्ने निकायहरु, स्थानीयतहको विवरण, आवश्यक बन्दोबस्तीका साधनहरु, अत्यावश्यक फोन नम्वरसहितको सूचना यस सूचना ब्यवस्थापन प्रणालीमा रहेको हुन्छ । विपदको घटना भएको सूचना प्राप्त हुनासाथ एचएफ
(हाई फ्रिक्वेन्सी) रेडियो सेटमार्फत केन्द्र तथा प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सूचना सम्प्रेषण गरिन्छ । सो कार्यका लागि सशस्त्र प्रहरी बलबाट २ जना कर्मचारी रेडियो अपरेटरको रुपमा समेत ब्यवस्था गरिएको छ ।
ठूलो विपद्को समयमा टेलिफोनले काम नगर्ने अवस्था पनि आउन सक्छ जसको बैकल्पिक उपायका रुपमा भिएचएफ (भेरीहाई फ्रिक्वेन्सी) रेडियो सेटको ब्यवस्था पनि गरिएको छ । जिल्लामा रहेका मुख्य विपद् प्रतिकार्यमा कार्य गर्ने निकायहरु क्रमशः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटी बीचको समन्वय सम्पर्कका लागि भिएचएफ रेडियो सेटको पनि ब्यवथापन गरिएको छ । जसले विगत बर्षको बाढीमा पनि राम्रो सूचना सम्पर्क स्थापित भई विपद् प्रतिकार्यमा समन्वयकारी भूमिका निर्वाह रहेको थियो । kdahal1@gmail.com
deocdang2014@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *