आन्दोलन गर्ने व्यवसायीको चेतावनी

मुख्य खबर

तुलसीपुर, ४ साउन । चरणवद्ध आन्दोलनमा रहेका उद्योगी ब्यवसायीहरुले आफ्ना मागहरु सम्बोधन नभए आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरुले आइतबारसम्म पनि सरकारले निजी क्षेत्रका माग र समस्या समाधान नगरे चरणवद्ध आन्दोलनको घोषणा गर्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिए ।
अध्यक्ष रावतका अनुसार आइतबार मात्रै दाङका सबै उद्योग वाणिज्य संघ र दाङका उद्योगी ब्यवसायीहरु संघ विशेष भेलासमेत आह्वान गरिएको छ ।
दिउँसो साढे १२ बजे दाङ उद्योग बाणिज्य संघको सभाकक्षमा विशेष भेला बोलाईएको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । त्यसैगरी आइतबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिए ।
अनलाइन ढुवानी साधन अनुगमन प्रणाली लागू गर्ने, साउन १ गतेबाट लागू हुने गरी एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्दा वेभमा आधारित निर्णय गरेकोमा दाङसहित विभिन्न जिल्लाका व्यवसायीहरु आन्दोलित भएका हुन् । दाङका उद्योग वाणिज्य संघहरु यस बिषयमा गम्भीर भएको जनाएका छन् ।
सरकारले निजी क्षेत्रको समन्वयविना लागू गर्न लागेको विभिन्न नीति, नियमहरु अव्यवहारिक रहेको भन्ने व्यवसायीहरुबाट धारणा व्यक्त भएको हुँदा निर्णय पुनर्विचार गर्नसमेत ध्यानाकर्षण गराएका छन् । यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत आइतबार काठमाडौँमा हुन लागेको उद्योग वाणिज्य संघका प्रतिनिधि र नेपाल सरकारका अर्थमन्त्रीसहितको वार्तामा सहभागी हुन यस क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौँ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *