Thursday, April 18, 2024
Homeफिचरआधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

- Advertisement -spot_img

शान्तिनगर, १ साउन । दाङको शान्तिनगर गाउँपालिकाका सातवटै वडामा स्वास्थ्य संस्था स्थापना भएका छन् । गाउँपालिकाकाले नागरिकको मौलिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवा सहज बनाउन सातवटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो ।
गाउँपालिकाले बुधबार वडा नम्बर ७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेसँगै गाउँपालिकाका सबै वडाका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुगेको हो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रको बुधबार गाउँपालिकाका अध्यक्ष कमानसिङ डाँगीले उद्घाटन गरेका थिए । केन्द्रको उद्घाटन गर्दै अध्यक्ष डाँगीले गाउँपालिकाका नागरिकलाई पाँच वर्षभित्रमा केन्द्रको आफ्नै भवनभित्र सेवा दिने लक्ष्य रहेको बताए ।
‘नागरिक स्वस्थ्य भएमात्रै हामीले चाहेको समृद्धि सम्भव छ, त्यसैले हामीले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकताका साथ राखेर आधारभूत स्वास्थ्य सेवाको पहुँच बाहिर भएका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेका हौँ,
हामीले स्थापना गरेका सबै आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहेवसहित तीनजनाको दरबन्दी रहनेछ ।’ वडा अध्यक्ष पिमलाल वलीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष डाँगीको अध्यक्षमा उद्घाटन कार्यक्रम भएको हो ।
केन्द्रका अहेव दिपक बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा जग्गादाता टेकबहादुर डाँगी, लिलाबहादुर डाँगी, निमबहादुर डाँगीले स्वास्थ्य केन्द्रको संरक्षणमा स्थानीय सरकारको मात्रै दायित्व भएपनि नागरिकको पनि दायित्व भएको बताए ।
गाउँपालिकाको करिब ३७ लाख लागतमा सेवा केन्द्रको भवन यसैवर्ष निर्माण हुन लागेको वडा अध्यक्ष वलीले जानकारी दिए ।
गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएपछि स्थानीय खुशीसमेत भएका छन् ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नेपाल सरकारबाट तोकिएको आधारभूत स्वास्थ्य सेवा पाउने अध्यक्ष वलीले बताए । उद्घाटन कार्यक्रमको सहजीकरण गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here