आधाभन्दा बढी खेत बाझै

फिचर मुख्य खबर समाज

घोराही, ६ साउन ।
धान रोप्नको लागि पर्याप्त वर्षा नभएपछि किसानहरुलाई समस्या भएको छ । साउन महिना वर्षाको समय भएपनि पानी नपर्दा किसनाहरुलाई धान रोप्न समस्या भएको हो । यो वर्ष राम्रोसँग पानी नपरेपछि खोलाहरु रसाएका छैनन् । बाह्रैमास पानी लाग्ने कुला र खोलाहरुमा पानीको सतह घट्दै गएपछि किसानहरु झनै चिन्तित बनेका छन् । असारको दोस्रो हप्ता फाटफुट पानी परेपछि किसानहरुले धान रोप्नको लागि ब्याड राखेका थिए ।
किसानहरुले धान रोप्नको लागि ब्याड राखे, तर त्यो धानको बिऊ भने रोप्न पाएका छैनन् । आकासे पानीमा निर्भर पर्ने किसानहरुको समस्या त छदै थियो । बाह्रैमास कुलो चल्ने किसानहरुले पनि खेतमा धान रोप्न पाएका छैनन् । खोलाहरुमा जथाभावी ढुङ्गा, बालुवा उत्खनन् गर्दा खोलामुनी र कुलो माथि भएपछि किसानहरुलाई खेतसम्म पानी पु¥याउन समस्या भएको छ । खुला मुहान सुक्दै जानु र समयमा वर्षा नभएपछि दाङका खेतहरु आधाभन्दा धेरै बाझो छन् ।  असारको दोस्रो हप्ता आएको वर्षाले केही किसानहरुले थोरै मात्र खेतमा धानको रोप्न भ्याएका थिए । तर त्यसपछि पानी नपरेपछि किसानहरुले रोपेको धान उठ्नै पाएको छैन । खडेरीका कारण खेतमा रोपेका धानहरु नउठेरै सुक्न थालेका छन् भने खेतहरु चिराचिरा भएर फाटेका छन् । खेतमा राखेको बिऊ पानी नपाएर छिपिएर पहेलो भएर सुक्न थालेकाले किसानहरु झनै चिन्तित भएका छन् । गएको वर्ष त यो समयमा पूरै खेतमा धान रोपी सकेको हुन्थे, साउन महिनाको पहिलो साता बितिसक्दासम्म आधा पनि खेतमा धान रोपी नसकेको घोराही चौघेराका किसान रमेश चौधरीले हँुदै भने । ‘खेतमा कुलो लाग्दैन, केही दिन पहिले आएको आकासे वर्षाले चार कठ्ठा खेतमा धान रोप्न भ्याएको थिए, त्यो पनि सुक्न थालिसक्यो’ उनले भने । एक बिगाह खेतमा धानबाली लगाउँदै आएको चौधरीले चार कठ्ठामा मात्रै धान रोपेको र बिऊ सुक्न लागेपछि निकै तनावमा देखिन्छन् उनी । घोराही सौडियारका रमेश केसीको यो समयमा खेतमा धानको बिऊ रोप्न थोरै मात्रै बाँकी रहनथ्यो । तर यो वर्ष केसीले दुई कठ्ठा मात्रै खेतमा धान रोप्न भ्याएका छन् । साउनको पहिलो हप्तामा यहाँ (सौडियार)मा सबैले धान रोपिसकेका हुन्थ्यौ पानीको अभावले ढिलाइ भएको उनले बताए । ‘सेवार खोलाका पानी सात गाउँका किसानहरुले एउटै कुलो प्रयोग गरेर खेतमा धान रोप्थ्यौं, कुलोमा पानी पनि निकै ठूलो हुन्थ्यो’ उनले विगत सम्झिदै भने ‘आकासे पानीको भर पर्नु पर्दैनथ्यो, यो वर्ष न आकासबाट पानी पर्छ, न खोलानाला रसाउँछ ।’ खेत रोपाई शुरु भएपछि दैनिक दुई तीनवटा खेतका गरामा धान रोप्दै दुई कठ्ठामा धान रोपेर सुकेको उनले बताए ।

बाह्रैमास कुलो चल्ने किसानहरुले पनि खेतमा धान रोप्न पाएका छैनन् । खोलाहरुमा जथाभावी ढुङ्गा, बालुवा उत्खनन् गर्दा खोलामुनी र कुलो माथि भएपछि किसानहरुलाई खेतसम्म पानी पु¥याउन समस्या भएको छ । खुला मुहान सुक्दै जानु र समयमा वर्षा नभएपछि दाङका खेतहरु आधाभन्दा धेरै बाझो छन् ।


सातवटा गाउँले त्यही एउटा कुलाबाट धान रोप्ने हो, पानीको पालो कुर्दा सातदिन बित्छ, त्यही मौका छोपेर धान रोपेको त्यस्तै दुई÷चारवटा खेतका गरा रोपेर सकिन्छ’ उनले भने । घोराही उपमहानगरपालिका– १३ सेवा वनगाउँका झूपलाल चौधरी कुलोको पानी खेतमा तान्नको लागि लिफट् सिंचाई माग गर्ने योजनामा छन् । ‘खेतमा धानको बिऊ राखेको महिनौ दिनभन्दा बढी भइसक्यो, धान रोप्नको लागि पानी छैन’ उनले भने । खोला मुनी र कुलो माथि भएपछि खोलामा भएको थोरै पानी पनि कुलोमा नगएपछि लिफट् सिंचाईको सहयोग माग्नु पर्ने अवस्था आएको उनले बताए । विगतका वर्षहरुमा त्यही खोलाको पानी कुलामार्फत खेतमा धान रोप्थ्यौँ, खोला भासिदै गएको छ, खोलाको पानी कुलो जाँदैन’ उनले भने ‘खेतसम्मको लागि पानी पु¥याउनको लागि लिफ्ट सिंचाईको विकल्प छैन ।’  आकासबाट पनि पानी परेको छैन् खोलामा पानीको सतह घट्दै गएको छ कसरी खेतमा धान रोप्ने ? डुरुवाका किसान राजु चौधरीले चिन्ता गर्दै भने ‘यो वर्ष त भोकमरी पर्छ कि के हो ।’ पछिको वर्षा भएपनि केही समस्या हुने थिएन धान रोप्नको लागि तर ब्याड राखिएको धानको बिऊ छिपिएर पहेंलो भईसक्यो, त्यो बिउलाई कसरी जोगाउने ? हामी किसानहरुको मुख्य पेशा खेती किसान हो, समयमा नै पानी परेन भने हामी के गरेर बाँच्ने ?’ उनले निरास हुँदै भने ।
पछिल्लो वर्षदेखि किसानहरुले पानीकै समस्याले समयमा धानको बिऊ रोप्न पाएका छैनन् । दाङको देउखुरी क्षेत्रमा धानको बिऊ रोपेर आधा आधी सकेपनि अन्यत्र ठाँउमा धेरैखेत बाँजो छ । घोराही उप–महानगरपालिका कृषि शाखा प्रमुख भररमणि पोख्रेलले दाङमा ५० देखि ६० प्रतिशत खेतमा धान रोपाई सकिएको दाबी गर्छन् । विगतका वर्षहरुमा यो समयमा जिल्लामा लगभग धान रोपेर सकिने गरेको उनले बताए । ढिलो वर्षाले किसानहरुमा प्रभाव पारेपनि देउखुरी क्षेत्रका खेतहरुमा धान रोपेर सकिएको उनले बताए । नारायणपुर, ढिकपुर, सौडियार, धर्ना, हापुर, सेवा वनगाउँ, मसिनाका खेतहरुमा धानको बिऊ नरोपिएको उनले बताएका छन् । आकासे पानीको भरमा खेती गरिने हुँदा त्यो क्षेत्रमा धानको बिऊ नरोपिएको उनको भनाइ छ । साउनको १५ गतेसम्म धान रोप्न सकिने उनको भनाइ छ । खेतमा राखिएको २५ देखि ३० दिनसम्मको धानको बिऊ रोप्नको लागि मात्र उपयुक्त हुने उनले बताए । त्यो भन्दा बढी समयमा राखिएको धानको बिऊ रोप्दा उत्पादनमा कमि आउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *