- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजआत्मर्निभर बनाउन पशुपालन तालिम

आत्मर्निभर बनाउन पशुपालन तालिम

- Advertisement -spot_img

तुलसीपुर, २९ जेठ । पशुपालन व्यवसायको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि तुलसीपुरमा पशुपालन सम्वन्धी दुई दिने तालिम सुरु भएको छ । सामुहिक रुपमा पशुपालन गरेका दलित महिलाहरुका लागि व्यवसायिक रुपमा उन्मुख गराउनका लागि तालिमको सञ्चालन गरिएको हो ।
दलित महिला संघको आयोजना तथा नामसालिङ विकास केन्द्रको आर्थिक सहयोगमा सञ्चालन भएको दुई दिने तालिमको पहिलो दिने पशुको उचित व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिईएको हो ।
स–साना कुराहरु ध्यान पु¥याउन नसक्दा वा जानकारी नहुँदा लगानी खर्चिएर पालिएका पशुहरु रोगी हुने तथा विरामी भई मर्ने समस्याले पशु किसानहरु पीडित हुँदै आएका छन् ।
आर्थोपार्जनका लागि पालीएका पशुहरुमा राम्रो स्याहार र आहारको व्यवस्थापन हुन नसक्दा सोचे जस्तो आम्दानी पाउन नसकेको पशुपालन व्यवसायी महिलाहरुको भनाई छ।
तालिमका अवसरमा प्रशिक्षक एवं कृषि प्राविधिक जितबहादुर चौधरीले सहभागीहरुलाई पशुको लागि आवश्यक पर्ने सन्तुलित आहार, पशुको शारिरीक संरचना र कार्यहरु, पशुलाई लाग्न सक्ने रोगहरुको बारेमा जानकारी दिएका थिए ।
यस्तै उनले रोगहरुको प्रकार, रोगहरुबाट बच्ने तथा बचाउने सुरक्षा सावधानिका उपायहरु, कारण, चरणवद्ध उपचार शैली, रोगी तथा निरोगी पशुहरुको पहिचान तथा लक्षण, खोपहरुको बारेमा प्रशिक्षण दिएका हुन् ।
दलित महिला संघ तुलसीपुरकी अध्यक्ष युवा कराराको संयोकत्वमा सञ्चालन भएको उक्त पशुपालन तालिममा तुलसीपुर उपमहानगरपालिकाका वडा नं १, २, ४, ६, ७, ८, ९, १२ र १९ का दलित महिलाहरुको सहभागीता रहेको थियो । तालिम २९ गतेसम्म चल्ने छ  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here