- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयआत्मनिर्भरको प्रयास गरौं

आत्मनिर्भरको प्रयास गरौं

- Advertisement -spot_img

दाङमा सबै क्षेत्रको व्यवसायीक सम्भावना बोकेको जिल्ला रहेको छ । उपत्यका र उर्वरभूमि भएकाले अरुभन्दा दाङ कृषिमा बढी ब्यवसायीकरणको सम्भावना रहनु स्वभाविक पनि हो । तर दाङमा आवश्यक कृषि उत्पादन हुन नसकेको यथार्थता छदैछ ।
दाङमा अहिले उत्पादन हुने कृषि उत्पादन निर्यात कम र आयात बढी भएको देखिन्छ । निर्यातभन्दा आयात बढी हुने तथ्याङ्कले देखाउँदा दाङ कृषिमा परनिर्भर हुँदैछ भन्ने देखाउनु स्वभाविक हो । अहिले चाडपर्वको सिजन छ । अहिले अरुभन्दा बढी चर्चा फलफुलकै रहन्छ ।
फलफुलमा दाङलाई हेर्दा कुनैमा पनि आत्मनिर्भर छैन । अरुकै भरमा फलफुल छ । त्यसमा पनि सबैभन्दा बढी खपत हुने केराको त झन कुरै गर्न भएन् उत्पादनको ७५औं गुणा निर्यात हुन्छ । अहिलेसम्म माग अनुसारको केरा जिल्लामा उत्पादन हुन सकेको छैन् ।
कुनै पनि वस्तुको आयात बढेमा लगानी पनि बढ्छ । अहिले केराको हकमा पनि त्यस्तै नै छ । माग अनुसारको उत्पादन हुन नसक्दा वर्षेनी करोडौ रकम केरा आयातकोे रुपमा बाहिरिने गरेको छ । जिल्लाको तथ्याङ्कमा २५ प्रतिशत मात्रै केरा उत्पादन हुने देखिन्छ  ।
७५ प्रतिसत केरा बाहिरी जिल्लाबाट नै आयात छ । दाङमा वार्षिक १० हजार ५ सय ८४ मेट्रिक टन केराको खपत हुने गर्दछ । कृषि ज्ञान केन्द्रकै अभिलेखमा यो तथ्याङ्क राखिएको छ ।
अभिलेख यस्तो भए पनि दाङमा वार्षिक रुपमा २ हजार ६ सय ४६ मेट्रिक टन मात्रै उत्पादन भएको देखिन्छ । २ सय ५२ हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको छ ।
केरा जिल्लामा चार भागको एक भाग मात्रै उत्पादन हुनुले जिल्ला केरामा पनि परनिर्भर छ भन्ने देखाएको छ । यसलाई व्यवस्थापन गर्न जिल्लामै केरा उत्पादन बढाउनुपर्ने आवश्यक हुन्छ । जसका लागि राज्यले त्यसतर्फ आकर्षण हुने खालका परियोजनाहरु सञ्चालन गर्नुपर्ने देखिन्छ ।
बाहिरबाट आयात भएका केराहरुमा गुणस्तर पनि कम हुन्छ । त्यसमा प्रयोग गरिने विषादीले झनै मानव स्वास्थ्यमा पनि समस्या पार्दै आएको छ । कम्तिमा जिल्लामै माग अनुसारको उत्पादन हुनसके केही हदसम्म मानवीय स्वास्थ्य समस्या पनि हल हुने पक्कै छ ।
कृषिका लागि विभिन्न परियोजना सञ्चालन हँुदै आएको त देखिन्छ तर ती परियोजनाले आवश्यकता अनुसारको व्यवसायीकरण गर्न सक्नुपर्छ । किसानहरुलाई व्यवसायीक उत्पादनतर्फ लैजान पहल र भूमिका खेल्नुपर्छ । यति गर्नसके मात्रै दाङ सबै क्षेत्रमा आत्मनिर्भर बन्नसक्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here