- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयआडम्बरी निर्माण

आडम्बरी निर्माण

- Advertisement -spot_img

समृद्धिको पहिलो आधार विकास निर्माण हो । नागरिकहरुलाई पहिलो आवश्यकता सहजता हो । सहजताका लागि पूर्वाधार विकास प्रमुख मानिन्छ । अति आवश्यक पूर्वाधार निर्माणलाई लापरवाही भयो भने त्यसले विकासको खाका बाहिर नै कस्तो छ भनेर देखिहाल्छ ।
अहिले दाङको विकासका हुने गरेको दादागिरी र आडम्बरीले यस्तै देखाएको छ । कटुवा खोला पुल, पत्रे खोला पुललगायतका पूर्वाधारहरु अहिले बढि निगरानीमा छन ।
निर्माण थालिएका ठूला योजना सडक र पुल पुलेसाको निर्माण गति सुस्त र लापरबाही हुँदा राज्य भन्दा निर्माण ब्यवसायी शक्तिशाली देखिनु लोकतान्त्रिक मुलकमा राम्रो मानिदैन ।
नेता र नेतागिरीको आडमा निर्माण रोक्नु र शक्तिशाली भएको आवास गर्नु निर्माण व्यवसायीकै लागि दुर्भाग्य हुनसक्छ । जसका कारण समयमा विकास पुरा हुन सकेको छैन विकास अधुरो अवस्थामा छ भने आम नागरिकले सास्ती पाइरहेका छन । यो अवस्था आउनु र दोहरी रहनु दुर्भाग्य नै हो ।
जिल्लाको विकासमा भएको लापरवाही र डिला सुस्तीको विषयमा सबै आक्रोसित छन । सडक पुल, पुलेसाको निर्माणमा लापरवाही र सुस्तता देखिरहेको छ ।
प्रदेशका मुख्यमन्त्रदेखि प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन पूर्ण रुपमा निर्माण पुरा गर्ने गरि निर्देशन र ताकेता गर्दा पनि योजनाहरु समयमा पुरा भएको देखिएको छैन ।
सबै क्षेत्रबाट यसको आक्रोस बढि रहेको छ । सरकारी तथा अर्ध सरकारी निकायबाट सुरु भएका अधिकांश निर्माणका काममा लापरवाही देखिएका छन । सडक पुल, पुलेकाको निर्माणमा लापरवाही र सुस्तता देखिरहेको बेला र सबै क्षेत्रबाट यसको आक्रोस बढि रहनु राम्रो हैन ।
घोराही तुलसीपुरका सडक र बीचमा पर्ने दर्जन बढि पूलहरु र घोराहीको सडकमा सत्रै गुनासो आइरहेको हुन्छ । निर्माण सुरु भएको ५÷६ वर्ष सम्ममा पनि निर्माण पुरा नभएका पनि र निर्माण व्यवसायीले अटेर गरिरहदा राज्य भन्दा निर्माण व्यवसायी शक्तिशाली देखिएका छन ।
निर्माणमा निर्माण ब्यवसायीहरुले लापरबाही र सुस्तता गरेको र सरकारी निकायले साथ दिएको गुनासो पनि धेरै देखिन्छ ।
विकास निर्माणमा लापरवाही गर्ने र अटेरी गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरिनु पर्छ । निर्माण ब्यवसायीलाई हदैसम्मको कानुनी कारवाही गर्न सक्नुपर्छ ।
बदमास व्यवसायी र मिलेमतो गर्ने निकायलाई खवदारी गर्नेु नै पर्छ । २ वर्षमा सक्नु पर्ने काम विभिन्न बहानामा पछि धकेल्नु राम्रो हैन । तोकेको समयमा काम पुरा नगर्ने बहाना मात्रै हो ।
निर्माणलाई तिव्रता दिन साना तिना कुरामा पनि अल्झनु राम्रो हैन । विकासमा हुने अनियमितता रोक्नु पर्छ । कुनै पनि निकायले विकास र निर्माणमा ठप्प पार्न हुदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here