- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरआठ विद्यालयमा कक्षाकोठामा एकदिन कार्यक्रम

आठ विद्यालयमा कक्षाकोठामा एकदिन कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, १८ पुस । विद्यालयमा एक दिन र कक्षाकोठामा एक दिन कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिको मावि बालापुरलगायत दाङका विभिन्न आठवटा विद्यालयमा कक्षा सञ्चालन भएका छन् । मावि बालापुरमा नेपाल सरकारका पूर्व सहसचिव विष्णुकुमार देवकोटाले कक्षा १०, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव एवं पत्रकार सुशील बस्नेतले कक्षा ९, क्लिन तुलसीपुर, ग्रीन तुलसीपुरका अभियान्ता विमल रिजालले कक्षा ७ र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत वीरूले कक्षा ८ का विद्यार्थीहरूलाई ९० मिनेटसम्म विभिन्न कक्षामा आ–आफ्ना अनुभव, सफलताका कथा, विद्यार्थीहरूको भविष्यको लक्ष्य र लक्ष्य प्राप्तीका लागि गर्नुपर्ने टिप्स दिएको विद्यालयका प्रधानाध्यापक सुवर्ण लामिछानेले जानकारी दिए ।
विद्यालय समय विद्यालय पुग्ने, प्रार्थना गर्ने, हाजिरी गर्ने, शिक्षकशिक्षिकाले पढाउने, होमवर्क गर्ने, केही समय खेल्ने र घर फर्कने दैनिकमा यस किसिमबाट गरिएको कक्षा सञ्चालनले फरक र अत्यन्त उत्साहजनक महसुस भएको विद्यार्थीहरूले बताएका छन् । टिचफर नेपालको प्राविधिक सहयोगमा दाङलगायत देशका ६ जिल्लाका ५१ वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक शिशिर खनालले जानकारी दिए । प्रदेश नम्वर ५ का लागि सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को माध्यमिक विद्यालय कालाखोलामा कक्षा १० का विद्यार्थीलाई ९० मिनेटको कक्षा सञ्चालन गरी मुख्यमन्त्री शंकर पोख्रेलले शुरू गरेका थिए । उक्त कार्यक्रम अन्तर्गत यस वर्षको अभियान मंगलबार समापन भएको छ । आगामी बर्ष फेरी यसैगरी उक्त कार्यक्रम सञ्चालन हुने टिचफरका खनालले बताए । प्रदेश नम्बर ५ मा सामुदायिक विद्यालयको पढाइ र व्यवस्थापन सुधार गर्न नयाँ कार्यक्रम लागू भएको छ । गुणस्तरीय शिक्षा सम्भव छ भन्ने मुख्य सन्देश दिन कार्यक्रम गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here