- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरआठ वर्षको सुनारलाई ‘ऋण’

आठ वर्षको सुनारलाई ‘ऋण’

- Advertisement -spot_img

६ जना बालबालिकाको उद्धार
घोराही, २२ पुस । बाको ऋण लागेको थियो । त्यो ऋण चुक्ता गर्नको लागि गाडी धुने काम गर्थे । घोराही उपमहानगरपालिका वडा नम्बर १९ का सुरेश सुनारले यो वाक्य भनिरहदा जो कोहीलाई पनि पत्याउन गाह्रो हुन्छ । तर उनको बाध्यता अनि वास्तविकता हो यो । उमेरले आठ वर्षको मात्रै छन् उनी । तर बाको ऋण तिर्नको लागि कहिले गाडी धुने काम गर्छन् त कहिले होटलमा काम गर्छन् ? काम गर्नकै लागि काठमाडौँसम्म पनि पुगे उनी । सिजनको समयमा बुवा आमासँग काठमाडौँ गएर ईट्टा बोक्ने काम पनि गरे उनले । सुनारले बाको ऋण तिर्नको लागि यो पुस महिनाको चिसो मौसममा तीन महिनादेखि घोराहीको एक गाडी धुलाईमा काम गर्दै आएका थिए । उनका हातले प्रष्ट बताउँथ्यो । उनी गाडी धुने काम गर्थे भनेर । चिसो पानीमा गाडी धुदा हात खुट्टा फुटेर खस्रा–खस्रा भएका छन् । अनुहार चिसोले उस्तै फुटेको छ । एकसरो कपडा शरीरमा त छ तर झिला–झिला परेको । खुट्टामा चप्पल थियो तर च्यातिएर लगाउनै नमिल्ने ।
यस्तै अवस्थामा सुनारलाई श्रमिक बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको हिमालयन शान्ति तथा विकास अभियानले उद्धार गरेको थियो । उनलाई उद्धार गरेर हिप्डेकले बावुआमाको जिम्मा पनि लगाएको छ । घोराही उपमहानगरपालिकाको सहयोगमा सुनारसँगै छजना बालबालिकालाई उद्धार गरिएको थियो । कोही बालबालिकाले होटलमा भाडा माझिरहेको अवस्थामा त कसैले ईट्टा भट्टामा काम गरिरहेको अवस्थामा । कसैले गाडी धुने काम गरिरहेको अवस्थामा त कसैलाई जुत्ता पसलमा जुत्ता सिलाईरहेको अवस्थामा । यस्तै–यस्तै अवस्थामा हिप्डेकले बालबालिकाहरुलाई उद्धार गरेर शैक्षिक सामाग्री र नगद दिएर बाबुआमालाई जिम्मा लगाएको छ । ‘आमाले सधै रक्सी खानुहुन्छ, कुट्नु हुन्छ’ सुनारले उद्धारको क्रममा भने ‘गाडी धोएर एक सय रुपैयाँ कमाएको पनि खोस्नु हुन्छ ।’ देख्दै माया लाग्ने ति सुनारले बाको ऋण तिर्नको लागि सानो उमेरमा मजदुर गर्नु वाध्यताले चसक्क मन छुन्छ जो कोहीको । बालविकास माविमा कक्षा २ मा पढ्दा पढदै छोडेको उनले बताए । छोराले आफ्नो पीडा बताईरहदा उनका बाबु भिम सुनार पनि सँगै थिए । छोरा पीडा सुनिरहदा बाबु सुनार लाजले शिर निहुराएका थिए भने गल्ती गरेको महशुस गरेका थिए । उनलाई मंगलबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी नगद १५ हजार, पाठ्यसामाग्री दिएर उनका बुवा भिमबहादुर सुनारलाई जिम्मा लगाएका थिए । बुवा सुनारले छोरालाई श्रममा नलगाएर अब उचित शिक्षा दिने प्रतिवद्धता गरेका थिए । दुधरासका यज्ञ रावत उमेरले १३ वर्ष मात्रै छन् । उनी पनि जुत्ता सिलाउने काम गर्छन् । विद्यालय जाने उमेर जुत्ता सिलाउँदै आएका रावतलाई पनि हिप्डेकले बाबु आमासँग जिम्मा लगाएको छ । हिप्डेकले छजना विद्यालय जाने उमेरका बालबालिकालाई उद्धार गरेर बाबुआमाको जिम्मा लगाएको छ । बालबालिकालाई विद्यालय जाने उमेरमा उचित शिक्षा दिएर उज्ज्वल भविष्य बनाईदिन बाबुआमालाई सुझाव दिएका थिए ।
श्रमिक बालबालिकाहरुलाई उद्धार गरेर सम्बन्धित अभिभावकलाई शैक्षिक सामाग्री र नगदसहित जिम्मा लगाएका थिए । घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिंग्देल न्यौपानेले उद्धार गरिएका बालबालिका फेरी श्रमिकमा फर्किएको थाहा पाएमा अभिभावकलाई नै कारवाही गर्ने चेतावनी दिइन् । ‘बालबालिकाहरुलाई चाहिने शैक्षिक सामाग्री दिएका छौँ, नगद पनि सहयोग गरेका छौँ’ उपप्रमुख न्यौपाने अभिभावकलाई सम्झाउदै भनिन् ‘यि बालबालिकाहरु फेरी श्रममा फर्किएको देख्न नपरोस् ।’ बालबालिकालाई उचित शिक्षा दिने र श्रममा नपठाउने प्रतिवद्धता गरेर अभिभावकले ति बालबालिकाहरुको जिम्मा लिएका छन् । घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिंग्देल न्यौपानेको अध्यक्षतामा उद्धार गरिएका बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here