- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरआज अहिलेसम्मकै लामो चन्द्र ग्रहण

आज अहिलेसम्मकै लामो चन्द्र ग्रहण

- Advertisement -spot_img

दाङ, १० साउन । आज मध्यरातमा अहिलेसम्मकै लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटबाट सुरु हुने खग्रास चन्द्रग्रहण शनिबार बिहान ४ बजेर ४ मिनेटसम्म रहने छ । पूरै चन्द्रविम्ब छेकिएर हुने (पृथ्वीको छाँयाले पूरै छेकिदिँदा हुने ग्रहण) ग्रहण खग्रास चन्द्रग्रहण हो ।
खगोलविद्हरुका अनुसार ग्रहण चार घण्टासम्म स्पष्टरुपमा देख्न सकिन छ । वरिष्ठ खगोलविद् जयन्त आचार्यले शुक्रबार मध्यरातमा लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण शताब्दीकै लामो भएको जानकारी दिए । अहिलेसम्म सामान्यतया बढीमा तीन घण्टासम्म यसरी ग्रहण लाग्ने गरेको जानकारी गराए । ‘१२ बजेदेखि देखिएपनि यसको प्रक्रिया भने ९ बजेदेखि नै सुरु हुने उनको भनाइ छ । चन्द्रमाको पूरै भाग छेकिएको देखिनेछ । नेपालबाट सहित संसारका विभिन्न देशबाट सजिलै ग्रहण देख्न सकिनेछ । भारत, चीन, मंगोलिया, अफ्रिकाका केही पूर्वी देश, यूरोप, रसियालगायतका देशबाट पनि ग्रहण देख्न सकिन्छ । क्यानडा तथा अलास्कामा बसोबास गर्ने मानिसले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन ्।
आचार्यका अनुसार, तान्त्रिकले तन्त्रको साधना तथा अघोरी मन्त्रको साधना गर्दा सिद्घि प्राप्त गर्न सक्नेछन् । यसैगरी, धार्मिकजनले ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदीतट, कुण्ड आदिमा गई ग्रहण नुहाई शुद्घ हुने गर्दछन् । खग्रास चन्द्रग्रहण मेष, सिंह, वृश्चिक तथा मीन राशी भएका मानिसले मात्र यो चन्द्रग्रहण हेर्न मिल्ने विज्ञको भनाइ छ । तर वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशी भएका मानिसले हेर्न मिल्दैन । चन्दग्रहण हेर्दा आएका किरणलाई आँखाभित्र पस्न नदिन सावधानी अपनाउन पनि खगोलशास्त्रीले सुझाव दिएका छन् । ‘चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन’, उनले भने, ‘चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामेरा वा अरु कुनै सामाग्रीमार्फत् हेर्दा पनि केही असर गर्दैन ।’ उनका अनुसार, यो चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पु¥याउने खालका कुनै त्यस्ता किरण आएका हँुदैनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here