- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदआजदेखि सेमिफाइनल खेल

आजदेखि सेमिफाइनल खेल

- Advertisement -spot_img

घोराही, ३ बैशाख । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको दाङमा भइरहेको बास्केटबल प्रतियोगिताको सेमिफाइनल खेल आज (मंगलबार) देखि हुने भएका छन् । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सोमबारसम्म सेमिफाइलनसम्मका खेल भएका छन् ।
बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नम्बर ७ र प्रदेश नम्बर ३ पुगेका छन् ।
महिलातर्फ प्रतियोगिताको क्वाटरफाइनलमा सशक्त र शानदार प्रदर्शन गर्दै नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नम्बर ७ र प्रदेश नम्बर ३ ले क्वाटरफाइनल यात्रा तय गरेका हुन् ।
खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ५ लाई १२ का विरुद्ध ४७ स्कोर गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । गण्डकी प्रदेशलाई ३१ का विरुद्ध ५९ स्कोर गर्दै नेपाल आर्मीले सेमिफाइनलमा प्रदेश गरेको छ । प्रदेश नम्बर १ लाई २९ का विरुद्ध ३३ स्कोर निकाल्दै प्रदेश नम्बर ७ (सुदुरपश्चिम)ले सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।
त्यस्तै सशस्त्र प्रहरीको एपिएफलाई ३५ का विरुद्ध ५७ अंक स्कोरले पराजित गर्दै नेपाल पुलिसले सेमिफाइनल पुगेको छ । मंगलबार बिहान हुने सेमिफाइनल खेलमा प्रदेश नम्बर ३ र नेपाल आर्मी, प्रदेश नम्बर ७ र नेपाल पुलिस भिड्ने छन् । खेल बिहान साढे ६ बजेबाट सुरु हुने दाङ जिल्ला बास्केटबल संघका अध्यक्ष विपिन केसीले जानकारी दिए ।
त्यस्तै पुरुष राष्ट्रिय बास्केट बलतर्फ नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नम्बर ३ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनल खेलमा प्रदेश नम्बर १ लाई ५५ का विरुद्ध ७६ अंक स्कोरले पराजित गर्दै नेपाल आर्मीले सेमिफाइनल यात्रा तय ग¥यो भने शसस्त्र प्रहरीको एपीएफ लाई ५१ का विरुद्ध ६० अंक स्कोरले पराजित गर्दै प्रदेश नम्बर ३ ले सेमिफाइनलमा नेपाल आर्मीसँग भेट पक्का ग¥यो ।
त्यस्तै प्रदेश नम्बर ५ लाई ४२ का विरुद्ध ६८ स्कोरले पराजित गर्दै नेपाल पुलिसले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । प्रदेश नम्बर ७ लाई ४४ का विरुद्ध ७५ स्कोर गर्दै गण्डकी प्रदेशले सेमिफाईनल यात्रा तय गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here