आचार्यले दिए मतदातालाई धन्यवाद

फिचर मुख्य खबर राजनीति

तुलसीपुर, १७ मंसिर । मंसिर १४ को उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका केशवराज शर्मा आचार्यले सबै मतदातालाई धन्यवाद तथा आभार प्रकट गरेका छन् । आचार्यले सोमबार एक विज्ञप्ति जारी गरी उपनिर्वाचनमा मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिदै विजयी विमला कुमारी खत्री (ओली)लाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले प्रदेशसभा सदस्यमा आफू निर्वाचित नभएपनि पश्चिम दाङको विकासमा लागिरहने उल्लेख गरेका छन् । ‘म सधैँ जनताको साथमा छु, जनताका आवश्यकतालाई पूरा गर्नका लागि लागिरहने छु’ विज्ञप्तिमा भनिएको छ ।
लामो समयदेखि आफू जनताको सेवामा लागिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जनताका समस्या समाधानमा लागिरहने बताए । नेता आचार्यले आम मतदाता, शुभेच्छुक, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभाव, कुटनीतिक नियोग, सुरक्षाकर्मी, पत्रकार, विभिन्न संघ, संगठन र पार्टीका सबै शुभेच्छुक संस्थालाई समेत धन्यवाद दिएका छन् ।
यसैबीच पूर्व सिंचाई मन्त्री दिपक गिरीले जनताको मतलाई पार्टीले सधैंभरि उच्च मूल्यांकन गर्ने बताएका छन् । सोमबार तुलसीपुरमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गिरीले यस्तो बताएका हुन् । निर्वाचन सम्पन्न भैसकेको अवस्थामा सबै मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै उनले पार्टीले मतदाताको आशा र भरोसालाई कहिल्यै पनि टुट्न नदिने बताए । नेता गिरीले आफू लोकतान्त्रिक दलको सिपाही भएकोले हारलाई सहजै स्वीकार गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *