Wednesday, March 27, 2024
Homeफिचरआचार्यको विद्यालयमा सहयोग

आचार्यको विद्यालयमा सहयोग

- Advertisement -spot_img

तुलीसपुर, ११ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका पूर्व नगरप्रमुख शंकरप्रसाद आचार्यले वीरेन्द्र मावि भ्य्रडहर सुनपुरलाई ६ लाख नगद सहयोग गरेका छन् । आचार्यले आफ्ना स्वर्गीय बुवाले तत्कालीन समयमा पश्चिम दाङमा विद्यालय खोल्न महत्वपूर्ण भूमिका खेलेको र आफ्नै परिवारको संरक्षणमा स्थापना भएको विद्यालयलाई एक कार्यक्रमका बीच नगद हस्तान्तरण गरेका हुन् ।
आचार्यले आफ्ना बुवाआमाको सम्झनामा देव अम्बिका स्मृति छात्रवृत्ति अक्षकोष स्थापना गरेर कक्षा १२ मा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग पु¥याउन सहयोग दिएको बताए । उनले एक लाख रूपैयाँ छात्रवृत्ति र पाँच लाख रूपैयाँ विद्यालयको भौतिक संरचना निर्माणका लागि सहयोग प्राप्त भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चूडामणि ढकालले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक मदन कुमार शर्माले समाजसेवी आचार्यले स्थापना गरेको अक्षयकोषबाट हरेक बर्ष ब्यवस्थापन समितिको निर्णय अनुसार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने बताए । सामाजिक क्षेत्रमा बिगतका दिनहरूदेखि नै महत्वपूर्ण सहयोग गर्दै आएका आचार्यले शिक्षा, स्वास्थ र समाजमा अति आवश्यक पर्ने स्थानहरूमा आफूले केही सहयोग गर्न पाउँदा जीवनमा छुट्टै आनन्द प्राप्त हुने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here