- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरआगलागी हुदा करिब पन्ध्र लाख क्षति

आगलागी हुदा करिब पन्ध्र लाख क्षति

- Advertisement -spot_img

देउखुरी वैशाख १५ देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ को खजरौटामा घर गोठमा आगलागी भएको छ । एक घरमा आगलागी हुँदा १५ लाख बढि क्षति भएको छ । शनिवार दिउसो साढे ३ बजे भगवानदास यादवको घरमा आगलागी भएको हो ।
आगो निभाउन नसक्ने अबस्था भएपछि घर पूर्ण रुपमा नष्ट भएको छ । घर तथा गोठमा एकाएक आगलागी हुँदा करिब १४ लाख ५० हजार बढीको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

विद्युत्त सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागी हुदा यादवको घर गोठ सबै जलेर ध्वस्त भएको छ । घरका मानिसहरु गाउँमा काममा गएको बेला आगलागि भएकोले घरमा रहेको कुनैपनि सामान बाहिर निकाल्न नसकिएको पिडित यादबले बताए ।
आगलागीबाट बिदेश जानका लागि बैंकबाट कर्जा लिएको नगद ५ लाख रुपैया , गरगहनाहरु, लत्ताकपडा,खाद्यान्न,फर्निचर काठ सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ । देउखुरीको राजपुर र गढवा क्षेत्रमा प्राय फुसले छाएका घरहरु छन्, जसले गर्दा गर्मीयाममा आगलागीको उच्च जोखिम रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here