Friday, April 19, 2024
Homeमुख्य खबरआक्रामक प्रतिपक्ष

आक्रामक प्रतिपक्ष

- Advertisement -spot_img

दुई तिहाईको वर्तमान सरकारका गतिविधि र काम कारवाहीमा प्रतिपक्ष सुरुदेखि नै असन्तुष्ट देखिदै आएको छ । विगतको देउवा सरकारले गरेका नियुक्तिको खारेजी गर्ने वर्तमान सरकारको निर्णयपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र अन्य प्रतिपक्षदलहरु आक्रामक बन्दै गएका छन् । केही समय डा. गोविन्द केसीको विषयले पनि आन्दोलनलाई बढवा दिएको थियो । यि मुद्दालाई लिएर तीनवटै सदन र सडकलाई आधार बनाएर प्रतिपक्ष दलले सरकारको गतिविधिको विरोध सुरु गरिसकेका छन् । संसदको आन्दोलन जारी राखेको प्रतिपक्षले अब सडक तताउने निर्णय गर्दै सडक आन्दोलनको समेत सार्वजनिक गरिसकेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वर्तमान सरकारले गलत प्रविधि र गतिविधिहरुका कारण आम नागरिकलाई सास्ती बढाएको भन्दै सरकारको क्रियाकलाप विरुद्ध आन्दोलन तय गरेको नेपाली काँग्रेसको दाबी छ । सरकारी कार्यको विरोधमा सदनमा विरोध र सडकमा विरोध सुरु गर्नुले प्रतिपक्ष अब आक्रामक भएको देखिएको छ । देशब्यापी रुपमा आन्दोलनको घोषणा गरेको काँग्रेसले आन्दोलन चर्काउनुले देशको हितमामा हुन्छ या अहितमा रहन्छ त्यो आन्दोलनले भविष्यमा देखाउने छ । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकार संविधानको बर्खिलाप गर्दै लोकतन्त्रको मर्म विपरीत आफ्ना क्रियाकलाप अघि बढाईरहेको काँग्रेसले आरोप छ । पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत आन्दोलनको कार्यक्रम तय गर्नुले काँग्रेसको सत्ता बाहिरको छटपटी होकी भन्न पनि सकिन्छ । सत्ता पक्षको आरोप पनि काँग्रेस सत्ता बाहिर हुनुको छटपटी निकालेको आरोप छ । आन्दोलन पार्टीको स्वार्थमा मात्रै सीमित नभएर हरेक सर्वसाधारण नागरिकको मानव अधिकार हनन् हुने गरी सरकारले गरेको गलत क्रियाकलापका विरोधमा तय भएको काँग्रेस देखिन्छ । काँग्रेसले ७७ जिल्लामै यही १५ गतेदेखि सडक आन्दोलन चर्काउँदै छ ।
आन्दोलन निकास हैन । न त आन्दोलनले राम्रो पक्ष निर्धारण नै गर्छ । कुनै पनि हातमा आन्दोलन देशका लागि राम्रो पक्ष होइन । समस्याको निकास आन्दोलनबाट बन्दा पनि संवाद, छलफल र सहकार्यबाट निकालिनु पर्छ । सत्तापक्षले प्रतिपक्षलाई नजिक नै आउन नदिने भन्दा पनि प्रतिपक्षको साथ र सकारात्मक सहयोगले सत्ता सञ्चालन गर्न सक्नुपर्छ । प्रतिपक्षले पनि विरोधको नाममा विरोधभन्दा पनि रचनात्मक सहयोग गरेर देश बनाउने अभियानमा सत्ता पक्षलाई सकारात्मक विषयहरुमा साथ दिन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here