- Advertisement -spot_img
Monday, April 19, 2021
Homeखेलकुदआइसीसीको विश्व टिममा सन्दीप

आइसीसीको विश्व टिममा सन्दीप

- Advertisement -spot_img

दाङ, २ जेठ  ।
युवा लेग स्पिनर सन्दीप लामिछानेलाई आइसीसीले लर्डसमा हुने च्यारिटी टि–२० खेलका लागि विश्व एघार टिम भित्र एघार टिम भित्र समेटेको छ । वेस्ट इन्डिजविरुद्ध खेल्ने सो खेलका लागि बंगलादेशका सकिब अल हसनले आफ्नो नाम फिर्ता लिएपछि उनको ठाउँमा सन्दीपलाई छानेको आइसीसीले जानकारी दिएको छ । आगामी मे ३१ (जेठ १७ गते) मा हुने खेल इङ्ग्ल्याण्डको लर्डस मैदानमा हुँदैछ । क्यारिबियन क्षेत्रमा गत बर्ष आएको आँधीका कारण भएको क्षतिको पुनर्निर्माण गर्न सहयोग जुटाउन सो खेल हुन लागेको हो । सन्दीप इओन मोर्गन कप्तान रहेको विश्व ११ टीमबाट खेल्ने भएका छन् । सो टीममा शहिद अफ्रिदी, तामिम इकबाल, दिनेश कार्तिक, राशिद खान, मिचेल म्याकघेलन, शोयव मल्लिक, हार्दिक पाण्डेय, तिशारा परेरा, लुक रोन्ची रहेका छन् ।

त्यस्तै वेष्टइन्डिजतर्फ क्रिस गेल, सामुयल बद्रि, कार्लोस ब्राथवेटि एभिन लुइस, मर्लों साम्युयल, आन्द्रे रशेल लगायतले खेल्दै छन् । सन्दीपले आसीसीले विश्व ११ टिममा राखेपछि प्रतिक्रिया दिदै आफूले सम्मानित महसुस गरेको भन्दै यो सारा नेपाल र नेपालका क्रिकेट फ्यानहरुको सम्मान भएको वताएका छन् । हाल आइपिएलमा दिल्ली डेयर डिभल्सबाट खेलिरहेका सन्दीपले एक खेल खेल्दै डेभ्यु खेलमै पहिलो विकेट पनि लिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here