Thursday, March 28, 2024
Homeसम्पादकीयआँखा सुरक्षा

आँखा सुरक्षा

- Advertisement -spot_img

मानव सरीरको महत्व र विशेषता फरक–फरक हुन्छ । शरीरमा रहेका सबै अंगको आ–आफनै कार्य र महत्व छ । जीवन सञ्चालनका लागि सबै अगंलाई त्यतिकै आवश्यक छन् र सुरक्षित र क्रियाशील पनि हुनुपर्छ ।
शारीरिक रुपमा सबै अंगहरु राम्रा सुरक्षित र भरपर्दा भएमा मात्र उद्देश्य पूरा गर्न सहज हुन्छ भने त्यसले जीवनयापनमा पनि अझ सजिलो र सहज हुन्छ । त्यसमा आँखा पनि एक महत्वपूर्ण र संवेदनशील अंग हो ।
जसलाई सुरक्षामा राख्न त्यतिकै महत्व हुन्छ । यसले शरीरमा भिन्दै खालको महत्व र विशेषता राख्छ । यहि आँखाको सुरक्षामा हामीले कतै न कतै लापरबाही र कमजोरी गर्दै आएका छौं । आँखाको सुरक्षामा आफैले ध्यान दिन सकेनांै भने ठूलो क्षति पनि व्यहोर्नु पर्छ ।
राप्ती आँखा अस्पतालले सार्वजनिक गरेको आँखाको अवस्थाको तथ्यांकले आँखाको सुरक्षातर्फ सबै सजक र सचेत हुन आवश्यक देखिएको छ । अब सचेत हुनुपर्ने देखाइ दिएको छ । प्रदेश नं ५ मा मात्रै ३० हजार नागरिकका आँखा मोतिविन्दु भएको र त्यसको अप्रेसन गर्नुपर्ने आवश्यकता देखाइएको छ ।
भने कर्णाली प्रदेशमा आठ हजार यस्ता रोगी हुँदा सबैले आँखाको सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ । आँखाको अन्धोपन पूर्णरुपमा निर्मूल पार्ने अभियान लिएको अस्पतालले हालसम्म झण्डै २५ लाखलाई ज्योति फर्काएको र अप्रेसन गरेर आँखा सुधार गरेको बताइरहँदा यहाँ धेरैमा खालको समस्या रहेको पुष्टि गरेको छ । त्यसलाई ध्यान दिएर सबै आँखा सुरक्षामा लाग्नु अपरिहार्य देखिन्छ ।
सानो गल्तीले पनि आँखाको ज्योति गुम्ने खतरा भएको हुँदा यसको सुरक्षामा सजहताको पनि त्यतिकै महत्व हुन्छ । पछिल्लो समय मानिसहरु आँखाको सुरक्षाका ध्यान नदिएको देखिन्छ ।
आँखामा ध्यान नदिदा आँखामा विभिन्न समस्याहरु देखिन थालेको छन् । आँखा अस्पतालहरुमा यसका बिरामीहरु पनि क्रमिक रुपले बढिरहेका छन् । प्रविधिसँग घुलमेल बढ्ने झनै यो समस्या बढी छ ।
आँखा सुरक्षाप्रति सजक भएर आफूले नै सुरक्षामा चासो देखाउँदा यस्ता समस्याहरुबाट टाढै रहन सकिन्छ । सानो लापरबाहीले पनि ठूलो क्षति हुने हुँदा यसप्रति हामी आफै सजक हुनु पर्छ ।
आँखाका बिरामी सरदरमा भन्दा अहिले दोब्बरजस्तो पुगेको अस्पतालको तथ्यांकमा छ । त्यसकारण पनि आँखा सबै सजक हुनुपर्छ । सबै रोगहरुमा बालबालिका र बृद्धबृद्धा र महिला बढी प्रभावित हुने गर्दछन् । त्यो आँखामा पनि देखिएको छ । सबैले आँखाको सुरक्षाको दृष्टीले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here