दाङ, ४ साउन ।
तुलसीपुर जलौराका महेश गौतम उमेरले ३२ मात्रै छन् । खुला आँखाले राम्रोसँग हेर्न सक्दैनन् । किताबमा लेखेका स– साना अक्षरहरु देख्छन् टाढा वोर्डमा लेखेका अक्षरहरु पनि देख्छन् । उनलाई धेरै समय हेर्नको लागि चस्माको आवश्यक पर्छ । उनलाई अहिलेसम्म आँखामा कुनै रोग देखिएको छैन् ।
‘आँखा चेक गराउँदा कुनै रोग देखिदैन्, चस्माको लागि चेक गराउँदा पनि सबै देख्छु’ तुलसीपुरस्थित रक्षाचौरमा रहेको राप्ती आँखा अस्पतालमा आँखाको उपचार गराउन आएका गौतमले भने ‘तर धेरै समय आँखाले हेर्न गाह्रो हुन्छ ।’ आँखाको भिजन, लेन्स, चस्माको चेक जाँच गराउँदा सबै राम्रो देखिएको छ । आँखा चेक गराए आवश्यक पनि छैन् । नारायणपुरकी मिना सुनारको समस्या पनि उस्तै छ । आँखा हेर्न समयमा पाट्टिएको जस्तो हुने, आँखाको नानी दुख्ने समस्या भएपछि सुनार आँखा जाँच गराउन् राप्ती आँखा अस्पताल पुगिन ‘आँखा जचाउँदा त्यस्तो समस्या देखिएन्’ उनले भनिन् ‘आँखामा पानीको मात्र कम भएको रहेको छ । पछिल्लो समयमा आँखा दुख्ने, धेरै समयसम्म आँखाले हेर्न कठिन हुने, आँसुको मात्रा घट्दै जाने लगायतका समस्याहरु लिएर राप्ती आँखा अस्पतालमा आँखा जाँच गराउन आउने गरेका छन् । धेरै समयसम्म ल्यापटप, कम्प्युटरमा काम गर्ने र मोवाइल धेरै प्रयोग गर्नेहरुमा यस्तो समस्या देखिन थालेको राप्ती आँखा अस्पताल रक्षाचौरका नेत्र अधिकृत शालिकराम गौतमले बताए । ‘पछिल्लो समयमा आँखा दुख्ने, सुक्खा हुने, धेरै समयसम्म आँखा हेर्न गाह्रो हुने समस्या लिएर आँखाका बिरामीहरु आउन थालेका छन्’ अस्पतालमा नेत्र अधिकृत गौतमले भने ‘मोवाइल र कम्प्युटर तथा ल्यापटपमा प्रोफेसनल रुपमा काम गर्नेहरुमा यो समस्या देखिएको छ ।’ विशेषगरी प्रोफेसनल रुपमा ल्यापटप, कम्प्युटरमा काम गर्नेहरुमा यस्तो समस्या देखिएको बताए । धेरै समयसम्म मोवाइलमा नेट चलाउने र मोवाइलको बढी प्रयोग गर्नेहरुमा मोवाइलको स्क्रिनले आँखामा डाईरेक्ट रिफलेक्सन गर्ने उनले बताए । ‘आँखा देखिने समस्याले आँखाको ज्योति नै गुम्ने त होइन् तर दृष्टीमा समस्या हुन्छ’ उनले भने । ल्यापटप, कम्प्युटर वा अन्य उपकरणमा काम गरिसकेपछि प्रत्येक घण्टाको फरकमा आँखाको आराम गर्न उनले सुझाव दिए ।
पछिल्लो समयमा आँखा दुख्ने, धेरै समयसम्म आँखाले हेर्न कठिन हुने, आँसुको मात्रा घट्दै जाने लगायतका समस्याहरु लिएर राप्ती आँखा अस्पतालमा आँखा जाँच
गराउन आउने गरेका छन् ।
आँखा सुक्का भएको खण्डमा नक्कल आँसु (औषधी प्रयोग गर्न पर्ने उनले बताए । राप्ती आँखा अस्पतालमा यी समस्या मात्र होइन् बर्षा समयमा सुरु भएसँगै आँखा पाक्ने रोगका बिरामीहरु पनि आँखा जाँच गराउन आउनेको संख्या बढ्न थालेको छ । आँखाको नानीमा रातो–रातो देखिने, आँखा चिलाउने, आँखा बिजाउने समस्या लिएर अस्पतालमा आउने गरेको राप्ती आँखा अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक सरदर चार सयजना बिरामीहरुले आँखा जाँच गराउन आउने गरेका छन् । त्यसमध्ये पछिल्लो समयमा पैतिस प्रतिशत आँखाका पाक्ने रोगको संक्रमण भएका अस्पतालमा नेत्र अधिकृत गौतमले बताए । ‘आँखा पाक्ने रोगले महामारीको रुप लिएको भने छैन्’ उनले भने ‘हिजो आज बर्र्षा शुरु भएसँगै आँखा पाकेका बिरामीहरुको आउने संख्या बढ्दै गएको छ ।’
बर्षा शुरु भएसँगै आँखामा संक्रमण पनि बढ्न सक्ने भएकाले समयमा सावधानी अपनाउन उनले सुझाव दिए । बर्षाको समयमा ब्याक्टेरिया भाइरसहरु सक्रिय हुने हुँदा आँखा पाक्ने रोगको संक्रमण फैलिन सक्ने उनले बताए । संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल, ट्यावेल, औषधी सामान्य व्यक्तिले प्रयोग नगर्न उनले सुझाव दिए । दिनमा तीन÷चार पटक सफा पानीले सफा गरेमा पनि आँखा पाक्ने रोगबाट बच्न सकिने हुन्छ । आँखा पाक्ने समयमा धेरै चिलाएर आँखाको कर्नियामा समेत संक्रमण हुने उनले बताए । ‘आँखामा कुनै संक्रमण देखिएमा आँखा अस्पताल जाँच गराउन आउनुपर्छ’ उनले भने ‘आँखा जाँच नगराईकन् औषधी प्रयोग गर्न हुँदैन ।’