- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरअस्तव्यस्त फोरलेन सडक निर्माण

अस्तव्यस्त फोरलेन सडक निर्माण

- Advertisement -spot_img

घोराही, २१ असार ।
दाङका दुई निर्माण व्यवसायीलाई निर्माणको जिम्मा लिएर पूरै काम गर्न नसकेको भन्दै प्रहरीले पक्राउ ग¥यो । त्यसको २४ घण्टा नबित्दै असार २० गतेभित्र जिम्मा लिएका सबै काम पूरा गर्न नसके कानुन अनुसारको कारवाही र सजाय भोग्न सर्तमा सडक डिभिजन कार्यालय दाङकोे रोहबरमा उनीहरुलाई रिहाई गरियो ।
निर्माण व्यवसायी र सम्बन्धित सरोकारवालाबीच सम्झौता भएको असार २० गतेको समय सीमा सकियो तर निर्माण कार्यले भने गति लिन सकेन । सम्झौता अनुसारको सडक निर्माणमा हुनुपर्ने ठूलो काम नदेखिएपनि कुनै सुधार भने देखिएको छैन् । सडकका महिनौ देखिएको थुपारिएको गिट्टी फिजारिएको छैन् । एक साइडको सडककै ढाकिने गरी महिनौदेखि थुपारिएको गिट्टीका कारण ठूला सवारी साधान ठप्प छन् भने साइकल र पैदल यात्रीको आवतजावत हुन सकिरहेको छैन ।
सडक ठप्प भइसकेको महिनौ दिन बितिसक्दा पनि कुनै चासो देखाइएको छैन । न त निर्माणकै लागि चासो र चिन्ता देखियो । सडक विस्तार गर्ने क्रममा हटाइएका पोलका तारहरु अझै सडकमा नै छ । असार २० गतेसम्म पूरा गर्ने भनेका तुलसीपुर र घोराहीका चारलेन सडक जस्ताको तस्तै छ । सडकका खाल्डाहरु पुरिएका छैनन् । सडकमा आवश्यक पर्ने ब्लकहरु अव्यवस्थित रुपमा राखिएका छन् । जिल्लाका पुलको अवस्था पनि त्यस्तै छ । पुल निर्माण कार्य अझै सम्पन्न भइसकेको छैन् ।
केही दिन पहिला कटुवाखोलामा आएको बाढीले डाइभर्सन पनि बगाउँदा सवारी आवतजावतमा समस्या भएको छ भने पैदल यात्री तथा स्कुल जाने विद्यार्थीहरुको लागि पनि सास्ती भएको छ । तुलसीपुर चोकदेखि डिके पेट्रोल पम्पसम्म सडक निर्माण भर्खरै शुरु भएको छ । मनसुन र त्यो सडकको निर्माण सँगसँगै शुरु भएको भन्दा पनि फरक पर्दैन् । किनभने जब वर्षा शुरु भयो त्यहाँको सडक पनि विस्तारको नाममा भत्काउने काम भयो । बर्षा शुरु भएसँगै गरिएका विकास निर्माणका कार्यले जनतालाई निकै नै सास्ती दिएको घोराहीकी सीता केसी बताउँछिन् । वर्षा शुरु हुनुभन्दा पहिले तुलसीपुर चोकदेखि डिके पेट्रोल पम्पसम्मको सडक निर्माण हुने हो कि होइन् भन्ने कुनै पत्तो थिएन् । उनले भनिन् ‘जब वर्षा शुरु भयो अनि सडक भत्काउने काम भयो, हेर्नुस अब सडकको दूरदशा ।
घोराहीको सडक त निर्माणमा हुन सकेका छैनन् निर्माणधिन सडकका अव्यवस्थित नालाका कारण पानी परेको समयमा नाला बगेर दुर्गन्धसमेत भएको उनले बताइन् । सडक डिभिजन कार्यालयका इन्जिनियर शेखर योगीले सडकको स्तारोन्नति लेभलको काम सकिएको बताए । उनले सडको लेभल सुधार गर्ने, पिच गर्ने, नालाको निर्माण गर्ने काम बाँकी रहेको बताए । इन्जिनियर योगीले सडक निर्माणको जिम्मा लिएका शंकरमाली व्यवसायका प्रतिनिधि पदम शर्माले अझै सडकको निर्माण कार्य सकिन अझै दश दिन लाग्ने बताउँदै समय थप गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले असार २० गतेभित्र जिम्मा लिएका सबै निर्माणका कामहरु सम्पन्न गर्ने सम्झौता भईसकेपनि सडक निर्माणको स्तरोन्नतिको कुनै विवरण नआएको बताए । असार मसान्तसम्म सडक निर्माणको सबै काम सम्पन्न गरिसक्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here