असार १५ को संस्कार

विचार

यस वर्षको असार १५ वा धान दिवस पनि खेतीपातीका हिसाबले खासै उत्साहजनक र उमङ्गमय देखिएन । मुठी रोपेर मुरी उत्पादन गर्ने अभिलाषा राखेर आफ्नो खेतमा मस्त धान रोप्नुपर्ने किसानले यस वर्ष ब्याड समेत राख्न सकेनन् ।
\धान रोप्नको लागि तयार पारिने बीउ तयार गर्ने खेतलाई नै ब्याड भनिन्छ । सबै किसानले आफ्नो खेतको कुनै पनि कुनामा ब्याड राखेको र ब्याड राख्ने काम सम्पन्न गरेको देख्न र हेर्न पाइएन ।
विशेषगरी हाम्रो परम्परा, मुल्य र मान्यता अनुसार असार १५ लाई आफ्नो खेतमा धान रोपेर त्यसको खुशीयालीमा दही, चिउरा खाएर मनाउने र उत्सव गर्नेका रुपमा हेर्ने गरिन्छ ।
यहाँ खेत रोप्ने कुरा त जतासुकै जावस् बीउ राख्ने काम वा ब्याड राख्ने र बनाउने कामसम्म पनि पूरा हुन सकेन । असार १५ मा हरेक महिला दिदी–बहिनीहरु चाहे रहरले होस् या चाहे कहरले होस् हिलाम्य खेतमा पसेर हरियो बीउको मुठो हातमा लिएर असारे गीत घन्काएर छुपु–छुपु धान रोप्ने बेलामा घरेलु लत्ताकपडाको प्रयोग गरेर सेनेटरी प्याड बनाएको दृख्य देख्न पाइयो । हुनु त यो पनि महिलाकै लागि उपयोगी र प्रयोगी साधन होला तर मौसम अनुसारको काम देख्न र सुन्न नपाउँदा दुःख लाग्दोरहेछ ।
यदि असार १५ मा खेतमा धान रोप्ने वा ब्याड राख्ने स्थिति तथा परिस्थिति भइदिएको भए महिलाहरुले यो काम थाति राखेर पनि त खेतमा जानु हुन्थ्यो होला ? तर समय नै निष्ठुरी भइदिएपछि के लाग्दो रहेछ र ? त त धान खेतमा रोपेको छ ।
न त धान धान खेतमा ब्याड राखेको छ । खाली कोठामा प्याड थुपारेको छ । असार १५ हरियाली खेत हुनुपर्नेमा वा देख्नुपर्नेमा सेताम्य प्याड छरिएको र भरिएको कोठा देखियो, देख्नप¥यो । यी सबै समयका खेल रहेछन् ।
मानिसको वशमा नरहेको प्रकृतिले जे गरेपनि र जसो गरेपनि स्वीकार्नै पर्ने र सहनै पर्ने रहेछ । हुन त यो मौसम परिवर्तनमा मानिसको ठूलै हात र मानिसको ठूलै भूमिका छ ।
तर पनि यस वर्षको असार १५ले आम किसान वर्गलाई थप उर्जा र उमंग दिन सकेन । यदि किसान खुशी र सुखी भएनन् भने गैर किसानले पनि कसरी पेट पाल्ने हो र ? त्यसैले यो चिन्ता र चासो सबैको हो ।
हाम्रा जमिन सिंचाईको सुविधाबाट बञ्चित छन् । सिंचाई भएपनि मुहानमा पानी नहुँदा सामान्य कुलानाला चल्ने अवस्थाका छैनन् । कुनै ठूलै नदीबाट बाँध बाँधेर नहरबाट सिंचाई गर्ने हाम्रो व्यवस्था छैन । यस्तो अवस्थामा आकाशमा हेर्नुको विकल्प नै के छ र ?
आकाशबाट पानी प¥यो भने खेती चल्यो । अन्यथा चलेन । त्यसैले पनि अहिलेको असार १५ गतेसम्म उचित र समुचित वर्षा नहुँदा महिलाले जे काम गर्नुपर्ने हो त्यो काम गर्न सकेनन् ।
आकाशे खेतीमा निर्भर हामी सबैलाई मौसमले ठग्यो भने बेमौसमी काम गर्नुपर्दो रहेछ । होइन भने आज असारको १५ को सेरोफेरोमा आउादा हाम्रा महिला दिदीबहिनीहरु खेतको काममा व्यस्त नभएर सेनेटरी प्याड बनाउने हो त ?

विशेषगरी हाम्रो परम्परा, मुल्य र मान्यता अनुसार असार १५ लाई आफ्नो खेतमा धान रोपेर त्यसको खुशीयालीमा दही, चिउरा खाएर मनाउने र उत्सव गर्नेका रुपमा हेर्ने गरिन्छ । यहाँ खेत रोप्ने कुरा त जतासुकै जावस् बीउ राख्ने काम वा ब्याड राख्ने र बनाउने कामसम्म पनि पूरा हुन सकेन । असार १५ मा हरेक महिला दिदी–बहिनीहरु चाहे रहरले होस् या चाहे कहरले होस् हिलाम्य खेतमा पसेर हरियो बीउको मुठो हातमा लिएर असारे गीत घन्काएर छुपु–छुपु धान रोप्ने बेलामा घरेलु लत्ताकपडाको प्रयोग गरेर सेनेटरी प्याड बनाएको दृख्य देख्न पाइयो ।

त्यो त जहिले पनि बनाउन सकिन्थ्यो नि ? असार र साउनमा रोप्ने धान कार्तिक र मंसिरमा रोपेर होला त ? कदापि हुँदैन ? तर त्यो सेनेटरी प्याड त जहिले बनाए पनि प्रयोगमा त आउँछ नि ?
त्यसैले पनि बेला र मौका अनुसारको व्यस्तता देख्न नपाउँदा यो विषय र प्रसंगले स्थान पाएको हो । खेतीपातीमा निर्भर हाम्रो समाज र राष्ट्र समयमा खेती गर्न सकिएन भने त्यसको प्रतिफल के होला ?
समयले कस्तो बनायो भने ब्याडबाट प्याडमा परिणत गरिदियो । कहाँ ब्याडको कुरा ? कहाँ प्याडको कुरा । कहाँ जीवन धान्ने कुरा ? कहाँ पिरियड धान्ने कुरा ? समयको चक्रव्यूहबाट कोही पनि उम्कन सक्दो रहेनछ ।
मानिसलाई नचाउने भनेको नै समय नै रहेछ । सामान्य रुपमा हेर्दा वा बुझ्दा मानिसले समयलाई चलाएको र मानिसले समयलाई नचाएको जस्तो मानिएता पनि वास्तविक र यथार्थ रुपमा त्यस्तो किंचित रहेनछ ।
मौसम वा समयले नै सारा मानिसलाई चलाएको छ र नचाएको छ । समयले जे चाह्यो त्यो मानिसलाई बनाउँछ र समयले जे गर्न दियो मानिसले त्यही गर्छ ।
मानिसले आफूले चाहेर पनि भनेको कुरा र भनेको काम प्राप्त गर्न सक्दो रहेन छ । यदि सक्ने भए र पाउने भए आजको असारको १५ मा कि उनीहरु चाहेको काम सेनेटरी प्याडको हो त ? पक्कै पनि होइन ।
वातावरणको सिर्जना नगरेपछि खाली समयको सदुपयोग गर्दै हाम्रा महिला दिदीबहिनीहरु त्यतातिर मोडिएका र जोडिएका हुन् । समयलाई खेर फाल्नु विल्कुलै राम्रो कुरा होइन ।
यदि मौसमी काम छ भने मौसमी काम गेर भएपनि खाली समयको सदुपयोग गर्न नितान्त जरुरी छ । हामीलाई आपत्ति महिलाले सेनेटरी प्याड बनाएकोमा होइन । हामीलाई आपत्ति यस मानेमा हो कि आजको असार १५ मा कहाँ रमाउने र हाँस्ने महिला कहाँ फसे ? भन्ने कुरा मात्र हो ।
अर्थात् आसरको १५ मा त खेतको कामले निकै चटारो र हतारो हुनुपर्ने हो नि ? कुनै काम कुरा वा व्यवस्तताको प्रसंगमा कुरा गर्दा त कस्तो असारको १५ जस्तो हतार गरेको होला ? भन्ने भनाइ छ । किनभने असारको १५ भनेको खेतको काममा नै अस्तव्यस्त हुने समय र बेला हो ।
यस्तो अति व्यस्त समयमा खाली समयको खेर फाल्न धौले गरेको काममा संलग्न भएको देख्दा कसको मन पोल्दैन होला र ? खेत रोप्ने समयमा र खेत रोप्ने ब्याड तयार पार्ने समयमा प्याड बनाएपछि भात खाने समयमा के गर्ने ?
मौसमले पनि कस्तो धोका दिएको होला ? यदि प्रतिकार गरेको र विरोधमा उत्रिएको मौसमले देख्ने, सुन्ने र बुझ्ने भएदिएको भए ति सबै प्याड आकाशतिर फालेर धर्ती सेताम्य पारिन्थ्यो होला । तर के गर्ने ? जे भयो–भयो । तै चुप मै चुप, असार १५ मा छैन छुप–छुप । मौसमले त हामीलाई जोक्र बनायो ।
चोक्कर बनायो र छोक्कर पनि बनायो । सजाय दिन निकै सिपालु र खप्पिस छ यो मौसम पनि । हामीले जानाजान वा अञ्जानमा गरेको मौसम प्रतिकूल कार्यलाई आफ्नो डायरीमा टिपेर राख्यो र अहिले हामीलाई यो सजाय दिलायो तै पनि हामीलाई आत्मग्लानी रत्तिभर छैन । बरु त्यहीँ प्याडमा रमाउन बाध्य छौँ । नरमाएर के गर्ने ? हामीसँग विकल्प नै के छ’र ? न त हामी धुलाम्य खेतमा ब्याड राख्न सक्छौँ ।
न त हामी धुलाम्य खेतमा बीउ रोप्न सक्छौँ । आकाशमा हेर्ने, कालो बादल देख्ने, घुटुघुट थुक निल्ने र अब त पानी पर्छ कि ? भन्ने आशा मनमा राख्ने यो नै हाम्रो नियति हो ।
योभन्दा बढ्ता गर्ने तागत र क्षमता हामीमा के नै छ र ? मौसम हिजोभन्दा आज, आजभन्दा भोलि र भोलि भन्दा पर्सी निकै भिन्न, फरक र पृथक बन्दै छ । यसो हुनुमा दोषी त मानव प्राणी नै हो तर पनि हामीमा त्यो स्वीकार्ने र स्वीकारेर त्यसलाई सकार्ने क्षमता, तागत र योग्यता छैन । पानी पार्नको लागि वृक्षको संरक्षण, सम्वद्र्धन र विकास त अवश्य हुनुप¥यो नि ?
हामीले सुनेको र जानेको कुरा के हो भने, एउटा रुक काट्यौँ भने दुईवटा वृक्ष रोपौँ ताकि वन मानिस र नासिने भन्दा वन क्षेत्र अझ विस्तार हुँदै जावस् । तर यहाँ त ठीक उल्टो छ । एउटा विरुवा रोप्यौँ भने चारवटा रुख काट्छौँ, अनि कसरी हुन्छ वनको संरक्षण ?
कसरी हुन्छ वृक्षको विकास ? रुख–वृक्षको विकास नगरेर र नभएर कसरी समयमा वर्षा हुन्छ ? वर्षाको लागि चाहिने वातावरण नै हरियाली र घना वनजंगलको क्षेत्र हो । आज हरियाली र घना वनजंगलको क्षेत्र नै संकटको अवस्थामा छ ।
सरकारले यो वर्षलाई वृक्षारोपनको वर्ष घोषणा गरेको छ । अर्थात् सरकारले भने अनुसारको यस वर्ष नेपालभर चार करोड वृक्ष रोप्ने लक्ष्य लिएको छ ।
चार करोड वृक्ष रोप्ने कुरा गरिरहँदा र यस वर्षलाई वृक्षरोपनको वर्ष घोषणा गरिरहँदा सरकारसँग वा हामी जनतासँग देशभर कति रुख, विरुवा काटिए होलान् ? तयसको डाटा, सूचि, तथ्यांक र भरपर्दो स्रोत छ ? वृक्ष त पक्कै पनि ढालिए र काटिए । तर कति काटिए र कति ढालिए ? त्यसको सही विवरण सरकार दिन चाहन्न । जसरी सरकार वृक्ष रोप्ने संख्या घोषणा गर्न चाहन्छ ।
त्यसरी नै वृक्ष काटिएको वा ढालिएको संख्या किन घोषणा गर्न चाहन्न ? यही हाम्रो गल्ती तथा कमजोरी हो । हामीसँग एकीन विवरण नै छैन । कित विरुवाको प्रतिस्थापनमा कित विरुवा रोपिदैछन् भनेर ।
यस वर्ष रोपिदै गर्न लागिएको चार करोड विरुवा कति वृक्षको प्रतिस्थापनका लागि हो ? कसैलाई थाहा छ ? पक्कै पनि त्यो चार करोड विरुवा थप र अतिरिक्त विरुवा र थप अतिरिक्त स्थान त अवश्य होइन होला ? हामी गर्दैछौं त्यो प्रकृतिलाई ठग्ने र वातावरणलाई ढाँट्ने काम गर्दैछौं ।
यसरी प्रकृतिलाई छल्ने र वातावरणलाई ढाँट्ने काम गरिरहँदा त्यसको फलस्वरुप आज हामीलाई असारको १५ मा के गर्नेमा के गर्ने बनायो अर्थात् ‘ऊ’ गर्नेमा ‘त्यो’ गर्ने बनायो ।
दोषी त हामी नै हो नि ? स्वीकारे पनि नस्वीकारे पनि मौसमको दण्ड हाम्रै काण्ड हो नि, हैन र ? यदि होइन भने मौसमले अस्ति ठगेन, हिजो ठगने र आजै मात्र किन ठग्दै छ त ? अस्ति पनि निर्धारित समयमा नै खेतको काम सकिन्थे । हिजो पनि निर्धारित समयमा नै खेतको काम सकिन्थे । तर आजै मात्रै आएर किन यस्तो ?
किनभने अस्ति र हिजो मानिसले वनजंगललाई देवीदेवताका रुपमा मान्यो । रुखका बुटामुनी देवता पुज्ने स्थान बनायो । रुख विरुवामा घण्ट र धजा बाँधिदियो । जसले गर्दा रुख काट्न र रुख ढाल्न मान्छे डरायो ।
वनजंगल घना र बाक्लो हुँदै गयो । वातावरणमा कुनै नकारात्मक असर परेन । समयमै र भनेको समयमा यथोचित वर्षा भयो । खोलानाला बगे ।
मूल फुटे, कुलानाला चलेर खेतीपाती पनि समयमै चलेर समयमै सकियो । तर आज विल्कुल स्थिति त्यस्तो छैन । खोला झोलामा पुग्यो । वन गनमा पुग्यो । जसको कारण प्रकृतिको प्रकोप मानिसतर्फ आक्रान्त बन्यो ।
मानिसले चाहेर पनि वा नचाहेर पनि चुपचापका साथ मौसमको दण्ड र सजाय भोग्नुप¥यो, थाप्नु प¥यो, मान्नु प¥यो र धान्नु प¥यो । आज कृषि कर्मको ब्याडबाट शारीरिक कर्मको प्याडमा परिणत हुँदासम्म हामीमा चेतना र जागरण फैलिदैन भने राम, राम ! भन्नु बाहेक बाँकी के नै हुनेछ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *