असारे विकास रोक

विचार सम्पादकीय

नीति फेरियो, ब्यवस्था फेरियो, तर काम गर्ने तवर–तरिका भने पहिलै जस्तो देखिएको छ । कार्यालयको कार्यसञ्चालन र विकासका पुरानै पद्धतिले छोड्न सकेको छैन । विगतमा असारमा गरिने हिले विकासले यस वर्ष पनि निरन्तरता पाएको छ । नया“ संविधान कार्यान्वयनमा आएर संघीय संरचनामा देश गइसकेको छ । तीनै तहको सरकार बन्दा पनि आर्थिक वर्षको अन्त्यमा गरिने विकास छुटेको छैन । आवको अन्त्यमा अर्थात असारमा गरिने असारे विकासको अब अन्त्य गरिनुपर्छ । आव समाप्तीको अघिल्लो महिनाभित्र विकास निर्माण सक्ने गरी नीति बनाएर कार्यान्वयनमा लैजानुपर्छ ।

आर्थिक वर्षको अन्तिम महिनामा हतारमा काम गर्ने परिपाटीले विकासका लागि आएको सबै बजेट समेत खर्च नहुने र फ्रिज भएर जाने बढी सम्भावना हुन्छ । त्यसकारण पनि अब विकासको बजेट असारमा हैन असार पहिले नै खर्च गर्ने वातावारण बनाइनु पर्छ र विकासका लागि आएको बजेट विकासमै सहीरुपमा सदुपयोग गरिनुपर्छ । यसतर्पm सरोकारवाला पक्षको पनि ध्यान जावस् ।


‘हतपतको काम लतपत’ भने जस्तै वर्षको ११ महिना चुप भएर बस्ने र अन्तिम महिना बजेट सक्ने मात्रै उद्देश्यले अबको विकास गर्न दिनु हु“दैन असारमा हुने विकासले न गुणस्तरियता कायम गर्न सक्छ न त बजेटको सही सदुपयोग नै । यस वर्षमा पनि जिल्लाका विकास निर्माणमा आएको झण्डै २ अर्ब बजेट असार महिनामा मात्रै खर्च हुन लागेको छ । यसरी हेर्दा दाङमा विकास निर्माणको कुल बजेटको करिब २५ प्रतिशत बजेट असारमा नै सक्नुपर्ने देखिन्छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ७४ दशमलव १९ प्रतिशत रकम मात्र खर्च भएको छ । जिल्लामा यस आर्थिक वर्षका लागि चालु र पु“जीगततर्फ गरी १६ अर्ब ५७ करोड २९ लाख ७४ हजार रुपेया आएको थियो । जिल्लामा पु“जीगत अर्थात् विकास निर्माणका लागि ८ अर्ब ४९ करोड ३ लाख ४१ हजार बजेटमा हालसम्म ६ अर्ब २९ करोड ८९ लाख ६५ हजार ९ सय ३२ रुपैयाँ मात्रै खर्च हुनुले असारे विकासले प्राथमिकता पाएको पक्का छ । विकासे अड्डाहरुमा बढी यो समस्या देखिएको छ ।
आर्थिक वर्षको अन्तिम महिनामा हतारमा काम गर्ने परिपाटीले विकासका लागि आएको सबै बजेट समेत खर्च नहुने र फ्रिज भएर जाने बढी सम्भावना हुन्छ । त्यसकारण पनि अब विकासको बजेट असारमा हैन असार पहिले नै खर्च गर्ने वातावारण बनाइनु पर्छ र विकासका लागि आएको बजेट विकासमै सहीरुपमा सदुपयोग गरिनुपर्छ । यसतर्पm सरोकारवाला पक्षको पनि ध्यान जावस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *