असारे विकासको गति

सम्पादकीय

देशमा ब्यवस्था नयाँ आयो । अधिकार गाउँमा पुग्यो, नीति फेरियो, ब्यवस्था फेरियो, तर काम गर्ने तवर–तरिका फेरिएन । पहिलेको भन्दा पनि कमजोर हुँदै गएको छ । कार्यसञ्चालन र विकासका पुरानै पद्धति हावी देखिएको छ ।
ब्यवस्था फेरिदा समेत काम गर्ने तरिकाका पुरानो परिपाटी छुट्न सकेको छैन । विगतमा असारमा गरिने विकासले यस वर्ष पनि निरन्तरता पाइनै रहेको छ ।
नयाँ संविधान कार्यान्वयनमा आएर संघीय संरचनामा देश होमिसक्दा र त्यो अनुसारको संरचना निर्माण भइसक्दा पनि विकासले कामले असार छोड्न सकेको छैन ।
तीनै तहको सरकार क्रियाशील भएर जाँदासमेत आर्थिक वर्षको अन्त्यमा गरिने विकास नछुट्नु र त्यहि परिस्थिति दोहरी रहनुले विकासको गति कमजोर हुनेछ । आर्थिक वर्षको अन्त्यमा अर्थात् असारमा गरिने असारे विकासको अब अन्त्य गरिनु पर्छ ।
आर्थिक वर्ष समाप्तिको अघिल्लो महिनाभित्र विकास निर्माण सक्ने गरी नीति बनाएर कार्यान्वयनमा लैजानसके मात्रै विकासमा स्थायित्व आउँछ ।
वर्षको ११ महिना चुप भएर बस्ने र अन्तिम महिना बजेट सक्ने उद्देश्यले राम्रो हैन । हतपतको काम लतपत भने जस्तै विकासलाई अल्पकालिन हैन दीर्घकालिन बनाउनतर्फ सोच्नुपर्छ ।
असारमा हुने विकासले न गुणस्तरीयता कायम गर्न सक्छ न त बजेटको सही सदुपयोग नै गर्न सक्छ । यस वर्षमा पनि जिल्लाका विकास निर्माणमा आएको धेरै बजेट असार महिनामा मात्रै खर्च हुन लागेको छ ।
यसरी हेर्दा दाङमा विकास निर्माणको कुल बजेटको करिब २५ प्रतिशत बजेट असारमा नै सक्ने परिपाटीको अन्त्य भएको देखिनु राम्रो हैन । यो अन्त्यका लागि सरोकारवाला निकायहरु जागरुक हुनुपर्छ ।
अधिकार प्राप्त सरकारहरु निकायहरु समेत असारे खर्चमा बढी देखिएका छन् । बजेट खर्च गर्ने नाममा टालटुल गर्ने र रकम सक्ने अवस्था ल्याउन दिनु हँुदैन । विकासे अड्डाहरुमा बढी यो समस्या देखिएको छ ।
यो समस्याको अन्त्य गर्नेतर्फ सबै लाग्न जरुरी छ ।आर्थिक वर्षको अन्त्यमा हतारमा काम गर्ने परिपाटीले विकासका लागि आएको सबै बजेटसमेत खर्च नहुने र फ्रिज भएर जाने बढी सम्भावना हुन्छ ।
त्यसकारण पनि अब विकासको बजेट असारमा हैन असार पहिले नै खर्च गर्ने वातावारण बनाइनुपर्छ र विकासका लागि आएको बजेट विकासमै सहिरुपमा सदुपयोग हुने गरी खर्च हुनुपर्छ । अनाधिकृत खर्चको कटौती हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *