- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeविचारअसन्तुष्टको आवाज सम्बोधन

असन्तुष्टको आवाज सम्बोधन

- Advertisement -spot_img

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाले संगठन विस्तारको काम लामो समयपछि गाउँतहसम्म पु¥याउन थालेको छ । नेकपाले दाङमा जिल्ला हुँदै स्थानीय तहसम्म नेतृत्व टुङ्गो लगाएको छ भने वडास्तरमा टुङ्गो लगाउने तयारी गरेको छ तर संगठन विस्तार हुँदै जाँदा विभिन्न असन्तुष्टिका स्वरहरु पनि सुनिन थालेका छन् ।
सामाजिक सञ्जालमै असन्तुष्टि पोखिएपछि नेकपा दाङभित्रको आन्तरिक विवाद बाहिरसम्म आएको छ । खासगरी जिल्ला नेतृत्व टुङ्गिसकेपछि निस्किएका आवाजहरुले नेकपाको पार्टीभित्रै असन्तुष्टि देखिएको प्रष्ट भएको छ ।
देशकै ठूलो पार्टीको रुपमा रहेको नेकपामा नेतृत्व बाँडफाँडमा देखिएका असन्तुष्टि बाहिर आउनुले फेरी कतै यसले पार्टी फुटसम्म पुग्ने त होइन् आम चासोको विषय बनेको छ । पार्टीमा देखिएको विवादको समस्या समाधान गर्न नेतृत्वलाई ‘नखाम त दिनभरीको सिकार–खाम त कान्छा बा को अनुहार’ जस्तै भएको छ ।
ठूला दुई पार्टीका नेतृत्वलाई एक बनाउँदै गर्दा पदको जिम्मेवारी बाँडफाँडमा समस्या देखिने गरेको छ । नेकपा दाङ अहिले १ सय ५५ सदस्यीय छ । सबैलाई सन्तुष्टि बनाउन नेकपाले सदस्यको संख्या बढाए पनि किन अझै पनि असन्तुष्टि कायम छ त ?
पार्टीका नेतृत्वले स्वभाविक रूपमा लिए पनि पार्टीले परिवारभित्रका असन्तुष्टिलाई परिवारभित्रै समस्या समाधान गर्नुपर्छ तर त्यसभित्र पनि समस्या देखिने गरेको छ । नेकपाले विवाद मिलाउन नौ जनासम्म इञ्चार्ज, सहइञ्चार्जसम्म तोकिएपछि पनि यसको पनि चर्चा परिचर्चा भएको छ ।
कतै विरोध, कतै समर्थन देखिए पनि अधिकांशले इञ्जार्ज, सहइञ्चार्जको जिम्मा किन यति धेरैलाई भन्ने प्रश्न गरेका छन् ? नेकपाको जिल्ला नेतृत्वमा विवाद किन ? के असन्तुष्ट आवाजहरु सम्बोधन हुन्छन् त ? नेकपाको नेतृत्वमा कार्यकर्तादेखि नेतासम्म देखिएका असन्तुष्टीहरु कसरी सम्बोधन हुन्छन त ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ राउण्ड टेवलमा आज नेकपाका केही नेतासँगको कुराकानीको सारसंक्षेप ।

टिकाराम खड्का
अध्यक्ष
नेकपा दाङ

देशका दुई ठूला पार्टी एकीकरण भएपछि जनतामा देखिएको आशालाई पूरा गर्न नेकपाले केन्द्र तहदेखि गाउँतहसम्म एकीकरणको कामलाई तिब्रता दिएको छ । हामीहरु केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्मको नेतृत्वको जिम्मेवारी मिलाईसकेका छौँ ।
अबको केहि दिनमै वडास्तरको नेतृत्व चयन प्रक्रियामा जाँदैछौँ । जिल्लास्तरको नेतृत्व चयन भइसकेपछि अहिले पार्टीको प्रथम बैठक पनि भैसकेको छ । दाङलाई विशेषगरी दश भूगोलका रुपमा विभाजन गरेको हुनाले दशवटै स्थानीय तहमा पनि विधि र नीति अनुरुप नेतृत्व छनौट गरिसकेका छौँ । जिल्लामा दुई पार्टीको एकीकरणपछि १५५ सदस्यीय कार्यसमिति बनेको छ ।
नेतृत्व विभाजनको क्रममा केहि सानातिना असन्तुष्टिका स्वरहरु निस्कनु स्वभाविक हो । जिल्लामा अहिले खासगरी सात कार्यालय समिति, ५३ सदस्यीय सचिवालय, दश इञ्चार्ज, १७ वटा विभागिय संगठन निर्माण गरेका छौँ ।
त्यस्तै उपमहानगरमा इञ्चार्ज, सहइञ्चार्ज, जनवर्गीय संगठन विस्तार, कार्यालय सचिवलगायतका कामहरु पनि लगभग सकिएको छ । हामीले अब नेतृत्व छनौटको क्रममा इञ्चार्ज र सहइञ्चार्ज छनौटमा किन धेरै भयो ? भन्ने गुनासाहरु पनि आएका छन् ।
तर हामीले यसलाई पार्टीलाई चलायमान बनाउन यसले मद्दत पुग्ने छ । किनभने हामीले धेरैजनालाई जिम्मेवारी दिइसकेपछि उहाँहरु सबैले आ–आफ्नो ठाउँबाट खेलेको भूमिका निकै महत्वपूर्ण हुनेछ ।
पार्टी सदस्य एकीकृत गर्नलाई हामीले साउन महिनाभरी छुट्याएका छौँ । अहिले बाँकी रहेका वडास्तरको समिति यसै महिनाभित्र सकेपछि भदौ महिनाको पहिलो सातादेखि वैचारिक ढंगले अघि बढ्नेछौँ । तल्लो तहसम्म नेतृत्व छनौट गरिसकेपछि मंसिरमा आउँदै गरेको उपनिर्वाचनको लागि पनि विभिन्न प्रशिक्षण भेला गर्ने योजनाका साथ नेकपा दाङले आफ्ना गतिविधि अघि बढाएको छ ।
पार्टीमा देखिएका केहि असन्तुष्टि परिवारभित्रको कुरा हो । मनमा लागेको कुराहरु चित्त नबुझेको कुराहरु छलफलको माध्यमबाट समाधान खोज्ने प्रयास गरेका छौँ । हामीले त्यसलाई अन्यथा लिदैनौँ ।
दुई ठूला पार्टीको एकीकरण हुनु नै नेपाली जनताका लागि राम्रो कुरा हो । अब यसलाई गतिशील बनाउन, राष्ट्रलाई चाहिएको समृद्धिमा लैजान नेकपाले ठूलो भूमिका खेल्नुपर्छ भन्ने सबै नागरिकलाई थाहा छ र त्यो अवश्य पुरा हुनेछ ।
सरकारको नेतृत्व गरिरहेको नेकपाले जनताका सानाभन्दा साना समस्यालाई पनि समाधान गर्ने प्रयास गरेको छ । अब जिल्लामा नेतृत्व छनौटमा हामीले निकै छलफल र बहस गरेका थियौँ । लामो छलफल र बहसपछिमात्रै जिल्ला तहको नेतृत्व छनौट भएको हो । त्यसैले पनि सकेसम्म धेरैलाई सन्तुष्ट बनाउने प्रयास भएको छ ।
अहिले नेकपाको नीति के छ भने अहिलेको नेतृत्व करिब ६ महिनासम्म मात्रै रहने हो । नेकपाले ६ महिनापछि महाधिवेशन गरेर नेतृत्व छनौट गर्ने नीति लिएको छ । हामीले अहिलेको नेतृत्वलाई थप चलायमान बनाउनुपर्ने देखेका छौँ ।
पार्टीले लिएको नीति र विधिमा टेकेर काम गरिरहेका छौँ । त्यसैले पनि असन्तुष्टका स्वरहरु छैनन् भन्ने लाग्छ । केहि पक्ष असन्तुष्ट देखिए पनि हामीले उहाँहरुसँग छलफल र बहस गरिसकेका छौँ ।
परिवारमा देखिएको समस्या परिवारभित्रै समाधान खोज्ने प्रयास स्वरुप हामीले छलफलका माध्यमबाट समाधान गरेका छौँ । म त अझैपनि भन्छु असन्तुष्ट आवाजलाई सम्बोधन गर्न तयार छु । तपाईका सकारात्मक आलोचनालाई आत्मसात गर्न तयार छु । भोलि देश र जनतालाई फाइदा हुने काम हामी कसैले पनि रोक्न मिल्दैन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here