Saturday, April 13, 2024
Homeफिचरअवैध बाटोबाट वैदेशिक रोजगारमा महिलाहरू

अवैध बाटोबाट वैदेशिक रोजगारमा महिलाहरू

- Advertisement -spot_img

घोराही, २३ साउन ।
वैदेशिक रोजगारीमा जानका लागि एकजना महिला पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय दाङमा आइन् । त्यति नै बेला वैदेशिक रोजगार सूचना परामर्श केन्द्रले उनको सोधीखोजी गर्दा विदेशमा रहेका श्रीमानले बोलाएका कारणले श्रीमानलाई भेट्नका लागि पासपोर्ट बनाउन आएको भन्ने जवाफ आयो । ति महिलाको पासपोर्ट बनेपछि वैदेशिक रोजगारमा जाने सक्ने बाटो खुल्यो । उनी वैदेशिक रोजगारीका लागि कुवेत जान तयार भईन् । कुबेत जानका लागि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर जहाज त चढिन् तर उनी कुवेत जानुको साटो दुबईमा पुगिन्, दुबईमा दुई महिना बसेपछि उनी बहराईनमा पुगिन् । बहराईनमा पुगिसकेपछि उनलाई थाहा भयो कि म बेचिएको रहेछु । महिला अवैधानिक रुपमा गएकाले करिब तीन महिनापछि मात्रै उनको उद्धार भयो । योे त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । पछिल्लो समय अवैधानिक रुपमा घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने महिला कामदारको संख्या बढ्दै जान थालेको छ । श्रम स्वीकृतिविना अवैधानिक रुपमा चोर बाटो भएर विदेश जाने महिलाले अनेकौँ समस्या झेल्नुपरेको छ । अवैधानिक रुपमा विदेश जानेको संख्या बढ्दै जाँदा ठगीका घटना पनि बढ्दै जान थालेको छ । पर्याप्त ज्ञान नहुनु, सीपको दक्षतामा कमि हुनु, अरुको प्रलोभनामा पर्नु लगायतका कारण अवैधानिक रुपमा घरेलु कामदारका रुपमा विदेश जाने महिलाले बढ्दै जान थालेका छन् भने घरेलु कामदारमा जाने अधिकांश महिलाले विभिन्न समस्या झेल्नुपरेको छ । घरेलु कामदारका रुपमा जाने अधिकांश महिलाले कुनै न कुनै समस्या भोग्नुपरेको वैदेशिक रोजगारका लागि सूचना परामर्शकर्ता बसन्ता पुनले बताइन् । उनले भनिन् ‘अवैधानिक रुपमा विदेश जाने धेरै महिलालाई सम्झाउनै गाह्रो हुन्छ किनकी उनीहरुलाई हामीले भन्दा दलालले थुपै्र आश्वासनका सपना बाँडिसकेको हुन्छ । हाम्रा कुरा त सुन्दै सुन्दैनन्, सम्झाउँदा कतिले मान्नुहुन्छ कतिले हाम्रो अगाडि मानेजस्तो गरेपनि विदेश गइसकेका हुन्छन्, अन्त्यमा तिनैले उद्धारको लागि सहयोग मागिरहेका हुन्छन् ।’

श्रम स्वीकृतिविना अवैधानिक रुपमा चोर बाटो भएर विदेश जाने महिलाले अनेकौँ समस्या झेल्नुपरेको छ । अवैधानिक रुपमा विदेश जाने महिला बढ्दै गएका छन् । रोजगारीका लागि अवैधानिक रुपमा विदेश पुग्ने अधिकांश महिला कि ठगिन्छन् कि त बेचिन्छन् ।


वैदेशिक रोजगारीमा सकेसम्म नजानुस् यदि जानुहुन्छ भने सीप सिकेर जान आग्रह गर्दा पनि सुझावलाई बेवास्ता गर्ने गरेको उनले बताइन् । विदेश जाने अधिकांश महिला सीप र ज्ञानको अभावमा घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने गरेका छन् । महिलाहरुलाई विदेशका कम्पनीमा काम गर्न सरकारले अनुमति दिएको छ तर अवैधानिक रुपमा घरेलु कामदारका रुपमा विदेश भने महिला पुरुष दुबैलाई रोक छ । तर पनि अवैधानिक रुपमा विदेश जाने महिला बढ्दै गएका छन् । रोजगारीका लागि अवैधानिक रुपमा विदेश पुग्ने अधिकांश महिला कि ठगिन्छन् कि त बेचिन्छन् । अवैधानिक रुपमा विदेश गएका महिलाहरुलाई उद्धारमा निकै समस्या हुने गरेको परामर्शकर्ता पुनले बताइन् । अवैधानिक रुपमा वैदेशिक रोजगारीमा गएका महिला ठगिएमा वा कुनै पनि समस्या आएमा उद्धार तथा राहतमा दिलाउन गाह्रो हुन्छ उनले भनिन् । श्रीमानलाई समेत थाहा नदिएर हामीलाई पनि ढाँटेर कुबेत पुगेकी एक महिलालाई उद्धारमा कठिनाइ भएको उनको अनुभव छ । नाम भन्न मिल्दैन् तर यस्ता पनि घटना छन् उनले थपिन् ।
सरकारले घरेलु कामदारमा जान रोक लगाएपनि दलालको भरमा अधिकांश महिला कामदार अपैधानिक रुपमा विदेश जाँदा ठगिने क्रम बढेको छ । परामर्शकर्ता पुनका अनुसार दाङमा बितेको साढे ३ वर्षको अवधिमा २ सय ५१ महिला विभिन्न कारणले ठगिएका छन् । रोजगारीका लागि घरेलु कामदारका रुपमा विदेशिने पुरुषको तुलनामा महिलाहरु बढी जोखिममा पर्ने गरेको परामर्शकर्ता पुनको भनाइ छ । ‘महिलाहरु रोजगारीका लागि विदेश जान जति सजिलो छ आउन निकै गाह्रो छ’ उनले भनिन् । साथीभाइको देखासिकी तथा धन कमाउने आशामा रोजगारीका लागि विदेशिएका धेरै महिला अहिले पनि अलपत्र अवस्थामा छन् । विदेशमा अलपत्र अवस्थामा रहेका महिलाको उद्धारका लागि विभिन्न प्रयास भएका छन् भने तर स्वयम् व्यक्ति पनि अवैधानिक रुपमा विदेश जान हुन्न भन्ने चेतनाको विकास हुन आवश्यक रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here