अवैध काठसहित पक्राउ

मुख्य खबर समाज

गढवा, ७ साउन ।
ईलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले आठ थान सालका अवैध चिरान घप्पु र चार थान चिरान कडीसहित एकजना अभियुक्तलाई पक्रउ गरेको छ । प्रहरी निरिक्षक पञ्चलाल गोलेको नेतृत्वमा परिचालित गस्ती टोलीले गढवा(५ तकियापुरबाट काठसहित काठ ओसारपसारमा संलग्न गढवा(५ तकियापुरका ४२ बर्षिय ज्ञानु चौधरी भनिने ब्रहावानु चौधरीलाई पक्राऊ गरेको हो । अवैध काठ ओसारपसारमा संलग्न चौधरीको घरआँगनबाट काठ पक्राउ भएको प्रहरी निरीक्षक गोलेले बताए । पक्राऊ भएको काठ आठ थान घप्पु र चार थान कडीसहित ८.६४ क्यूफिट रहेको प्रहरीले बताएको छ । यसैविच पक्राऊ भएको काठसहित अवैध काठ ओसारपसारमा संलग्न गढवा ८ तकियापुरका ज्ञानु चौधरी भनिने ब्रहावानु चौधरीलाई प्रहरीले आवश्यक कारवाहीका लागि ईलाका वन कार्यालय गढवाको जिम्मा लगाएको छ । ईलाका वन कार्यालय गढवाले प्रहरीद्वारा पक्राउ परेका अभियुक्तलाई आइतवार नै जिल्ला वन कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालय प्रमुख शिवकुमार महतोले जानकारी दिए । निजलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालयको हिरासतमा राखिएको र वन ऐन २०४९ र वन नियमावली २०५१ बमोजिम विगो कायम गरी मुद्दा चलाइने वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *