अवरुद्ध सडक खोल्ने तयारी

मुख्य खबर

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका १९ को वडा कार्यालयले बर्षाले अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ । बर्षाले वडा कार्यालय र सदरमुकाम घोराही जोड्ने सबै सडक बन्द भएको भन्दै त्यसको तयारी सुरु गरेको हो । सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको वडा सदस्य जंग रोकाले बताए । मसिना, कटुवाखोला धपाले, नयाँबस्ती रालबाङ, मर्पेश पाँचपोखरी र दुईखोली राम्चे हुँदै लाकुरी बजार जोड्ने सडक अबरुद्ध रहेका छन् । सडक अबरुद्ध भएपछि सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन चल्न नसक्दा स्थानीय पैदल हिडेर दैनिक उपभोग्य बस्तु किन्न घोराही आउन बाध्य भएका छन् । गाउँमा उत्पादन भएको तरकारी अन्य बस्तुसमेत ल्याउन समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *