- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजअल्फाको वार्षिकोत्सव तथा अभिभावक दिवस

अल्फाको वार्षिकोत्सव तथा अभिभावक दिवस

- Advertisement -spot_img

घोराही, ३० पुस । अल्फा स्कुलको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यताका दिवस सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सांसद डाँगीले शिक्षक अभिभावक र विद्यार्थीबीचमा त्रिकोणात्मक सम्बन्धले शिक्षामा सुधार हुने बताए । निजी क्षेत्रलाई स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धाबाट गर्ने वातावरण सरकारले गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष मधुसुधन केसी, अभिभावक सावित्रा राणा, पूर्व विद्यार्थी अभ्यास पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता हासिल गर्न सफल भएका पूर्व विद्यार्थी सम्मान तथा वार्षिकरुपमा हुने गरेका गतिविधिमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक हेमन्त अधिकारी र गौरी योगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here