- Advertisement -spot_img
Thursday, April 15, 2021
Homebreaking-newsअर्थतन्त्र सुदृढीकरणका लागि होमस्टे

अर्थतन्त्र सुदृढीकरणका लागि होमस्टे

- Advertisement -spot_img

शर्मिला डि.सी.
तुलसीपुर, १३ फागुन । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा तुलसीपुर नगर क्षेत्रका सामुदायिक होमस्टे सञ्चालकहरूका लागि होमस्टे ब्यवस्थापन र सञ्चालन सम्बन्धी पाँचदिने तालिम मंगलबारदेखि तुलसीपुर–७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान पार्कमा सुरू भएको हो ।

तुलसीपुर उपमहानगरपालिका आर्थिक समिति संयोजक माधव वलीको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले देशको अर्थतन्त्र सुदृढीकरणका लागि होमस्टेको भूमिका महत्वपूर्ण रहने बताए । उनले स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा उपमहानगरपालिकाभित्र छवटा होमस्टे सञ्चालनमा ल्याएको बताउँदै आर्थिक, सामाजिक, वातावरणीय संस्कारको संरक्षण र सम्बद्र्धन गर्दै ब्यवस्थित तरिकाले होमस्टे सञ्चालन गर्नसके चौतर्फि लाभ लिन सकिनेमा जोड दिए । उनले देशकै नमुना उत्कृष्ट होमस्टे बनाउँछौं भन्ने उद्देश्यका साथ व्यवसायीक प्रवद्र्धनका लागि लाग्न होमस्टे सञ्चालकलाई आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि तथा तालिमका प्रशिक्षक होमस्टे एसोसिएसनका केन्द्रीय सल्लाहकार तिलक ढकालले होमस्टे ग्रामीण पर्यटनको एउटा आधार भएको बताउँदै जीविकोपार्जनमा यसले ठूलो टेवा पु¥याउने बताए । उनले यो एउटा सिक्ने र सिकाउने थलो भएकोले यसको विकासमा लाग्न जरूरी रहेको वताए । सो अवसरमा होमस्टे एसोसिएसनका केन्द्रीय सचिव कृष्णलाल चौधरीले नेपालमा होमस्टे सञ्चालनमा आएको करिव १० वर्ष वढी भएको बताउँदै यसप्रति पछिल्लो समय मानिसको आकर्षण बढ्दो क्रममा रहेको बताए ।

नेपालभरको तथ्यांक हेर्दा अहिले निजी र सामुदायीक होमस्टे गरी १ हजार ५ सय बढी छन् चौधरीले भने । उनका अनुसार लुम्बिनी प्रदेशमा पनि ५० बढी होमस्टेहरू सञ्चालनमा छन् । होमस्टे ग्रामीण भेगका जुनसुकै मानिसले पनि सहजै सञ्चालन गर्न सकिने भएपनि यसको व्यवस्थापन राम्रो हुनसके अझ प्रभावकारी हुुनेमा जोड दिए । चौधरीले यसतर्फ स्थानीय प्रदेश र संघीय सरकारले सोचेअनुरूप ध्यान दिन नसकेको भन्दै एउटा नियम बनाएर अगाडि बढ्नसके यसको भविष्य निकै राम्रो भएको बताए ।

उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिकाको छिल्लीकोट र सिद्धचमेरे गुफामा होमस्टे सञ्चालन गरेका झरना पुन र जीवराज रेउलले होमस्टे सम्भावनाको राम्रो अवसर भएको बताउँदै घरमै बसेर केही गर्न सकिने यो एउटा राम्रो उदाहरण भएको र आफूहरू पनि यहि अनुरूप लागिरहेको बताए ।

तुलसीपुर उपमहानगर–पालिकाको आयोजनामा भएको तालिम उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष टोपबहादुर केसी, होमस्टे सञ्चालक डिआर भण्डारी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकना पर्यटन शाखा प्रमुख यशोदा वलीले गरेकी थिइन् । पाँच दिने तालिमको प्रशिक्षकमा होमस्टे एसोसिएसनका केन्द्रीय सल्लाहकार तिलक ढकाल र सचिव कृष्णलाल चौधरी रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here