- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरअरिङ्गालले टोकेर एकको मृत्यु

अरिङ्गालले टोकेर एकको मृत्यु

- Advertisement -spot_img

लमही, २८ असोज । दाङमा अरिङ्गाले टोकेर एकजनाको ज्यान गएको छ । वनमा अरिङ्गालले टोकेर दाङको राप्ती गाउँपालिका वडा नं ९ जाबुनेका ४० वर्षिय घनश्याम बरालको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
वनमा घाँस काट्ने क्रममा अरिङ्गालको टोकाईबाट घाइते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा मृत्यु भएको राप्ती गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारीले जानकारी दिए ।
यसैबीच रूकुम पूर्वमा अरिङ्गाल खाँदा १० जना बिरामी परेका छन् । पुथा उत्तरगंगा गाउँपालिका १२ कोलका अरिंगाल खाँदा १० जना बिरामी परेका हुन् । रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गंगा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा बिरामी परेका हुन् ।
जंगलबाट ल्याएको अरिङ्गाल खाएपछि बान्ता हुने, मुर्छा पर्नेजस्ता समस्या देखापरेपछि अस्पतालमा भर्ना गरिएको छ । बिरामीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जिल्ला अस्पताल रूकुम पूर्वले जनाएको छ ।

खोलाले बगाएर बालिकाको मृत्यु

खोलाले बगाउँदा प्यूठानमा एक बालिकाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–७ स्थित टिकुरी बसपार्क नजिक झिमरूक खोलामा नुहाउन गएकी स्थानीय १८ वर्षीया सविना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । मावली टिकुरीमा दसैँ मान्न आएकी सविनालाई भाइ बहिनीहरूसँगै नुहाउने क्रममा खोलाले बगाएको प्यूठान नगरपालिका–८ का वडा अध्यक्ष लिलाबसिंह केसीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here