Wednesday, March 27, 2024
Homeमुख्य खबरअमिलिया खानेपानीमो ओभरहेड ट्यांकी आवश्यक

अमिलिया खानेपानीमो ओभरहेड ट्यांकी आवश्यक

- Advertisement -spot_img

अमिलिया, २३ मंसिर । अमिलिया खानेपानी योजनाका अध्यक्ष जगदिशप्रसाद द्विवेदीको अध्यक्षतामा बैठक बसि ट्रान्सर्फमरसहित डिप बोरिङसम्म विद्युत विस्तार र ओभरहेड ट्याङ्की निर्माण गरिदिन डिभिजन खानेपानी कार्यालय दाङलाई प्रक्रियाका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
बर्षौंदेखिको खानेपानी समस्या समाधान हुन थालेको भन्दै स्थानीय अमिलिया बजार व्यवस्थापनका अध्यक्ष रामबहादुर पौडेलले खुशी व्यक्त गरे । अमिलिया खानेपानी पम्पिङ योजना कार्यसमिति सचिव ओमप्रकाश वलीले खानेपानी योजनाका लागि हालसम्म १६ लाखको लागतमा डिप बोरिङ निर्माण कार्य सम्पन्न भएको बैठकमा जानकारी गराएका थिए । पाँचसय घरधुरीलाई खानेपानी पुग्ने क्षमताको ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण तथा डिप बोरिङ रहेको स्थान सम्म विद्युत विस्तार आवश्यक क्षमताको ट्रान्सर्फमर समेत माग बैठकको निर्णयबाट पारित गरिएको हो । बैठकमा अमिलिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनजित खड्का, मावि अमिलियाका प्रधानाध्यापक गोपाल न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाधर खड्का, पत्रकार यज्ञबहादुर वली (प्रकाश) अमिलिया बजार व्यवस्थापन समितिका सचीव कृष्ण थापालगायतको उपस्थिति रहेको थियो । बैठकले खानेपानीको समस्या समाधानसँगै अमिलिया बजारलाई व्यवस्थापन गर्न सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्ने विषयमा छलफल गरेको छ । बैठकको सहजीकरण अमिलिया खानेपानी कार्यसमितिका सचिव ओमप्रकाश वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here