- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरअमिलियामा सडक बत्ती

अमिलियामा सडक बत्ती

- Advertisement -spot_img

अमिलिया, ४ मंसिर । लमही नगरपालिकाको आ. व. २०७५÷०७६ को विनियोजित बजेटबाट अमिलियामा सडक बत्ती निर्माणको लागि उपभोक्ता समिति गठन भएको छ । सडक बत्ती निर्माण हुने भएपछि स्थानीय व्यवसायी तथा नागरिकहरु खुशी भएका छन् । सडक बत्ती निर्माण हुने भएपछि शान्ति सुरक्षामा समेत मद्दत पुग्ने स्थानीय व्यवसायीहरुले बताए ।
सडक बत्ती निर्माणको लागि रामबहादुर पौडेलको अध्यक्षतामा उपभोक्ता समितिसमेत गठन गरिएको छ जसको सचिवमा कृष्ण थापा, कोषाध्यक्ष प्रेमादेवी वली चयन भएका छन् भने कार्य सम्पन्न गर्नको लागि लुमबहादुर बस्नेतको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।
यस्तै भेलाले अमिलियाको चाँदनी चोक शिवालय मन्दिर परिसरमा सत्संग भवन निर्माण गर्नको लागि सात सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको छ । जसको अध्यक्षमा यज्ञबहादुर वली (प्रकाश) सचिव पूर्णबहादुर चौधरी तथा कोषाध्यक्ष दिपा बस्नेत रहेका छन् । भेलाले तिलक बहादुर बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ । दुई लाखको लागतमा भवन निर्माण हुने भएको हो । भेलाले अमिलिया बजार व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गरेकोमा धन्यबाद दिदै आगामी दिनहरुमा यस क्षेत्रको सकारात्मक परिवर्तनका लागि विभिन्न शीर्षकमा रकम विनियोजन हुने अपेक्षासमेत गरेको छ । उक्त कार्यक्रमको सहजीकरण सचिव कृष्ण थापाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here