अभिसाप पानी

सम्पादकीय

विभिन्न समय र अवस्थामा हुने आकस्मिक दुर्घटनाहरुले हरेक दिनजसो मानवीय क्षति भइरहेको छ । शनिबार मात्रै सवारी दुर्घटना हुँदा दाङमा एकै परिवारका दुई भाइले अकालमा ज्यान गुमाउनुप¥यो ।
साउनकै महिना एकै घरका तीनजना दिदीबहिनीले पानीमा डुबेर ज्यान गुमाउने अवस्था आयो । दुर्घटना अचानक आउने हो । त्यसलाई टार्न सकेमा सुरक्षित हुने र टार्न सक्ने अवस्था नभए मृत्यु हुने भइरहेको छ । कतिपय दुर्घटनाहरु आफै सिर्जित हुने गरेका छन् भने, कतिपय दुर्घटनाहरु अरुबाट सिर्जित भएर हुने गरेका छन् ।
दाङसहित प्रदेश नम्बर ५ मा भने पानीले मानवीय क्षति धेरै नै गर्ने गरेको छ । १२ जिल्लाको अवस्थामा एक वर्षमा नियाल्दा पानी मानिसका लागि बरदानभन्दा पनि अभिसाप भएर आउएको देखिनु राम्रो हैन ।
दाङको घोराही उपमहानगरले नगरलाई जलाशययुक्त बनाउने अभियान थालेको छ । एक वडा एक पोखरीको अभियान नै लिएर घोराहीमा गत वर्ष २० वटा पोखरी तथा जलाशय, ड्याम निर्माण गरिए । यो वर्ष पनि त्यो अभियान जारी छ ।
उपमहानगरकै भनाईलाई लिने हो भने यो वर्ष पनि पोखरी निर्माणका लागि झण्डै ४ करोड रुपैयाँ घोराहीमा खर्च हुँदैछ । तुलसीपुर उपमहानगरपालिकाले पनि पानीको स्रोत संरक्षणका लागि पोखरी निर्माणको अभियानलाई अघि सारेकै छ ।
जिल्लामा विभिन्न प्रकृतिले निर्माण भएका र गरिएका पानीका तालहरु प्रसस्त नै छन् । तर तिनको उचित ब्यवस्थापन र संरक्षण हुन नसक्दा त्यहि पानीले वर्षमा डेढ सयजनाले ज्यान गुमाउनु परेको छ ।
त्यसतर्फ सरकारले ध्यान दिएर पानीलाई अभिसाप हैन बरदानको चिनारी दिन सक्नुपर्छ । पूर्वाधार निर्माण गर्नु स्रोत संरक्षण गर्नु राम्रो हो । तर त्यसको सहि र उचित सदुपयोग हुन जरुरी हुन्छ । पानीलाई पनि जीवन बचाएर सदुपयोग गराउनेतर्फ ध्यान जानुपर्छ । पानीमा खेलाची हैन चनाखो भएर व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ ।
पानीकै कारण दाङमा एक वर्षको अवधिमा एक २७ जनाले ज्याउन गुमाउनु परेको छ । प्रदेशका १२ जिल्लामा डुबेर मात्रै १ सय ५७ जनाले ज्यान गुमाएको प्रदेश प्रहरीले तथ्यांक नै सार्वजनिक गरेको छ ।
यो अवस्थालाई मध्यनजर गरेर भए पनि सरकारले पानीबाट नागरिक बचाउने गरी संरक्षण अभियान सञ्चालन गर्नुपर्छ । अनि मात्रै पानीको स्रोत पनि संरक्षण हुने र नागरिकको ज्यान पनि पानीबाट बच्ने छ । आम मानिसहरु पनि पानीसँग खेलाची गर्नुभन्दा सजह र सतर्क भएर पानीको प्रयोग गर्नेतर्फ लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *