- Advertisement -spot_img
Friday, April 16, 2021
Homeसम्पादकीयअभियानको सार्थकता कति

अभियानको सार्थकता कति

- Advertisement -spot_img

स्वास्थ्य शिक्षामा विभिन्न अभियानहरु राज्यले पटक–पटक सञ्चालन गर्ने गरेको छ । शिक्षाको गुणस्तर सुधारका लागि नेपालमा धेरै पटक विभिन्न अभियान सञ्चालन भइरहेका छन् । भने स्वास्थ्य सुधार गर्दै जोखिम अन्त्यका लागि राष्ट्रिय अभियान हरेक वर्षजसो चल्दै आएका छन् । रोगका विरुद्धमा हुन या त सचेतना फैलाउनका लागि हुन कुनै न कुनै प्रकारले वर्षमा स्वास्थ्य सम्बन्धी ४÷५ वडा राष्ट्रिय अभियान सञ्चालन हुँदै आएका छन् । कति अभियानले सार्थकता पाइरहेको पनि धेरै अभियानहरु प्रभावहीन देखिन्छन् । अभियानबाट जुन अपेक्षा र आशा राखिएको हुन्छ त्यो पूरा भएको देखिदैनन् । पछिल्लो समय हात्तीपाईले विरुद्धको औषधी खुवाउने राष्ट्रिय अभियान पनि दाङमा प्रभावकारी देखिएको छैन । हात्तीपाईले रोग निर्मूलका लागि सञ्चालन गरिएको यो अभियान ९ वर्षसम्म सञ्चालन हुँदा पनि उपलब्धिहीन देखिएपछि अभियानमै शंका उत्पन्न हुन थालेको छ ।
कुनै पनि अभियानको निश्चित समय तोकिएको हुन्छ । त्यो सीमाभित्र त्यसको पूर्ण लक्ष्य प्राप्त हुन्छ तर हात्तीपाईले विरुद्धको अभियानले भने सीमा पार गरेर आधा समय बढी जाँदा पनि लक्ष्य पूरा गर्न सकेको छैन । दाङमा ६ वर्षसम्ममा मात्रै खानुपर्ने हात्तीपाईले रोगविरुद्धको औषधी ९ वर्षसम्म खुवाईदै आइएको छ । जिल्लाकै सबै समुदायले पूर्णरुपमा औषधी नखादा थप तीन वर्ष औषधी खानु परेको हो । यो पटकको औषधीले पनि लक्ष्य पूरा गर्ने आशंका जीवितै छ । राष्ट्रिय अभियानको रुपमा सञ्चलान भएको यो अभियान दाङमा पनि ६ वर्षसम्ममा लक्ष्य पूरा गर्ने योजना थियो तर नौ वर्षसम्म पनि त्यो लक्ष्य पूरा भएको छैन । दाङमा विगत ९ वर्षदेखि खुवाउँदै आएको छ । यो वर्ष पनि त्यो अभियान सञ्चालन भएको छ । ६ वर्षसम्म मात्रै खानुपर्ने यो औषधी ९ वर्षदेखि औषधी खाईरहेका छन् । दाङमा सबै मानिसले हात्तीपाईले रोगविरुद्धको औषधी नखाईदिदा औषधी खुवाउने अवधि बढ्दै गएको र लक्ष्य पुग्न नसकेका स्वाथ्यकर्मीको तर्कले प्रभावकारितामा प्रश्न खडा गरिदिएको छ ।
२०७३ सालमा सर्भे गर्दा दाङमा १२ प्रतिशतमा हात्तीपाईले रोगको जीवाणु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । ०७४ सालमा ६ प्रतिशतमा झारेको विवरण देखाइयो तर ०७५ सातमा १२ प्रतिसत पुगेका आँकडा सार्वजनिक भएपछि बर्षेनी यसको प्रभावकारिमा अन्यौलता देखिएको हो । अभियानका नाममा बर्षेनी करोडौ रुपैयाँ खर्च हुने तर त्यसको उपलब्धि नदेखिनु राम्रो हैन । विशेषगरेर अभियानमा सबै नेपालीलाई सक्रियतापूर्वक सहभागी हुने वातावरण गराउन सके यस्ता अभियानहरु पनि सफल र सार्थक हुनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here