अभियानकै रूपमा सक्रिय

फिचर राजनीति विचार समाज संवाद

महिलाहरु विस्तारै घरभन्दा सामाजिक काममा लाग्न थालेका छन् । शिक्षा र चेतनाको विकास हँदै जाँदा आफ्नो अधिकार रक्षाका लागि महिलाहरु विभिन्न नेतृत्व तहमा पुगेका छन् । समाजमा महिला पुरुषबीचको विभेद विस्तारै अन्त्य पनि हुन थालेको छ । महिलामाथि हुने विभिन्न हिंसाको अन्त्य र विभिन्न सामाजिक काममा महिला सहभागिता बढाउन महिला अधिकारकर्मी पनि लागेका छन् । दाङमा पनि अन्तरपार्टी महिला सञ्जालले महिलाका अधिकारलाई सुरक्षित गर्न सहयोग गरिरहेको छ । आज हामीले अन्तरपार्टी महिला सञ्जालका संयोजक सुशीला पौडेलसँग राज्यका निकायमा महिला सहभागिता र चलिरहेको १६ दिने लैंगीक हिंसाविरुद्धको अभियानका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सारसंक्षेप ।


अन्तपार्टी महिला सञ्जालले कस्ताखालका गतिविधिहरू गरिरहेको छ ?

राजनीतिमा महिला सहभागिताका कुराको विषय नै प्रमुख हो महिला सञ्जालको । राजनीतिमा महिलाको सहभागिता कस्तो छ ? राजनीतिमामा आउनको लागि महिलाहरूलाई सहज कस्तो छ ? भन्ने विषयमा छलफल गर्छाै ।
हामी विभिन्न पार्टीको महिला नेतृहरूको साझा संगठन हो यो । सबै राजनीतिक दलबाट महिलाहरू प्रतिनिधित्व गर्नुभएको छ । सबै राजनीतिक दलमा महिलाका अवस्थाका बारेमा छलफल गर्ने, दबाव दिने, नीति नियममा पहल गर्नेलगायतका गतिविधिहरू भईरहेका छन् ?

महिला हिंसाविरूद्धको १६ दिने अभियानमा पनि हुनुहुन्छ कि ?

विशेष त हामी राजनीतिक क्षेत्र नै क्रियाशील हुन्छौ । महिला हिंसाविरूद्धको १६ दिने अभियानमा हामी अभियानकै रूपमा यो अन्तर पार्टी महिला सञ्जाल लागेको छैन् । यस हाम्रो ऐक्यवद्धता छ । हामी पनि सञ्जालको तर्फबाट प्रतिनिधित्व गरेका छौँ भने सक्रिय सहभागी पनि जनाउँदै आएका छौँ ।

महिला हिंसा बढ्दै गएका तथ्यांक सार्वजनिक भएका छन्, सञ्जालको भूमिका के छ ?

आधा आकाश ओगट्ने महिला भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन् ।
अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार र अस्तित्वबाट विमुख हुनुपरेको छ । शिक्षा र स्वास्थ्यमा छोरासरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् । हिंसा घरैबाट उत्पन्न हुने गरेको छ । यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ । अन्तरपार्टी महिला सञ्जालले पनि पार्टीबाटै दवाव दिदै गईरहेको छ ।

राजनीतिमा महिलाको सहभागिता कस्तो छ ?

महिलाहरूको सहभागिता छ बढदै छ । तर उल्लेखनीय भने होइन् । एउटा सीमित घेरामा राखिएर महिलालाई राजनीतिमा समावेश गराइएको छ । महिलालाई खुल्ला आउन सक्छन् ।
सक्षम महिलाहरू पनि छन् तर राज्यलै नै महिलाहरूलाई सीमित घेरामा राखेर राजनीतिमा समावेश गराएको छ । जसले गर्दा क्षमता भएका महिलाहरूको पनि त्यो घेरामा पर्दा कता–कता नमिलेको होकी जस्तो लागेको छ । महिलालाई पनि पुरूष सरह खुल्ला राजनीतिमा आउन दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । तर त्यसो भएको देखिदैन् ।

महिला सहभागिताको कुरा गरिरहदा अन्तर पार्टी महिला सञ्जालको भूमिका पनि कमजोर भएको हो की ?

भएको होला । म त्यो मान्छु । पार्टीमा सुनुई, बुझाई फरक भएको होला । यहाँ एउटा मात्र राजनीतिक दलको प्रतीनिधीत्व छैन भन्ने कुरो सबैले बुझ्नु पर्छ । हामी अन्तरपार्टी महिला सञ्जालमा आवद्ध महिलाहरू कति सक्रिय भयो ? आफ्नो पार्टीमा कसरी दबाव दियाँै ? भन्ने कुराले पनि जनाउँछ ।

राजनीतिमा महिलालाई सहज छ ?

छैन, गाह्रो छ । घरदेखि नै राजनीतिमा महिलालाई आउन गाह्रो छ । पहिलो कुरा परिवार हो । परिवारमा नै पहिलो प्रश्न तेसाईन्छ भन्ने कसरी महिला खुलेर राजनीतिमा आउन सक्छन् ? आफै सोच्नुस् त ? महिलालाई त स्वतन्त्र हुन दिनुप¥यो नि पुरूष जस्तै ।
महिलामैत्री वातावरण हुनुप¥यो । बरू परिवारले सहकारीका, समूहका बैठकमा जति सहजरूपले आउन दिन्छन् त्यो भन्दा बढी ग्राहो छ । राजनीतिमा महिलालाई आउन । तर गाह्रो छ । समस्या छ । भन्दैमा राजनीतिमा आउनु नै हुन्न भन्ने चाहीँ होइन् । समस्या अप्ठ्याराहरूलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।

३३ प्रतिशत महिला सहभागिता छन् त ?

छैनन्, कहाँ हुनु नि ? कुरामा मात्रै हो । महिला सहभागिताका कुरा । व्यवहारमा देख्नुभएको छ । कतै लागूभएको ? अझै पनि पुरूष चिन्तन, सोचबाट ग्रसित नै छ भन्छु म त । भर्खरै मात्रै नेकपाको स्थानीय तहमा गठन भयो । त्यहाँ कुनै पनि महिला प्रतिनिधित्व गरेको देख्नुभएको छ ?
न नेपाली काँग्रेसले नै । हामीले पाएका हकअधिकार पनि कार्यान्वयन गर्नको लागि लड्नुपर्छ । सहजरूपमा कार्यान्वयन भएको देखिदैन् । कुनै पनि राजनीतिक दलहरूले महिलाहरू सक्षम छन् । उनीहरूलाई पनि खुल्ला रूपमा राजनीतिमा आउन दिनुपर्छ भन्ने सोच, चिन्तन भएको मानिदैन् ।

महिलाहरू खुल्ला रूपमा राजनीतिमा आउन के गर्नुपर्ला ?

पहिलो कुरा त क्षमता नै हो । हामीले क्षमता बढाउनै पर्छ । आफ्नो क्षमतामा ध्यान दिनुपर्छ र क्षमतालाई चिन्न सक्नुपर्छ । यहाँ त कस्तो छ भने हामी क्षमता हुँदाहँुदै पनि एउटा साँघुरो घेरामा राखिएका छौँ, राखेका छौँ । यो घेरालाई हामीले तोड्नु पर्छ । एउटा महिला भनेर सहानुभूतिको रूपमा हामीलाई स्थापित गर्नु हुँदैन् ।

अन्त्यमा के भन्नु हुन्छ ?

आफ्नो क्षमतालाई बढाउनुस् । महिला दिदीबहिनीहरू राजनीतिमा एउटा सीमित घेरामा मात्रै नभएर खुल्ला रूपमा आउन सल्लाह दिन्छु । महिलालाई आरक्षणमा मात्रै, सीमित कोटामा मात्रै सीमित नराखियोस् । महिलालाई पनि खुल्ला रूपमा राजनीतिमा आउनको लागि घर परिवारदेखि राजनीतिक दलहरूले यो विषयालाई चासोको रूपमा लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *