अभिभावक र मनोविमर्शकर्ता बीच अन्तरक्रिया

फिचर समाज

देउखुरी ३० फाल्गुन । गोरखा स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावक मिलन पाण्डेलाई मोवाइलमा लत बसेका आफ्ना बालबालिकालाई मोवाइल र टिभीबाट कसरी टाढा राख्ने भन्ने कुराले सधै सताईरहन्थ्यो तर बच्चालाई त्यसबाट कसरी अलग राख्ने भन्ने विषयले उनलाई सधै पिरोली रहन्थ्यो ।
बालअधिकारको बारेमा जानकार रहेका पाण्डेयलाई बालबालिकालाई माया गर्नुपर्छ भन्ने थाहा छ उनीहरुको भावना अनुसार अभिभावकले बालबालिकालाई खुशी राख्नुपर्छ भन्ने पनि छ ।
तर त्यो खुशी दिनका लागि मोवाईल र टेलिभिजनमा बच्चालाई झुम्न दिनु बाहेक अरु विकल्प थिएन र उनले बच्चाको खुशीका लागि मोवाईल टेलिभिजन जतिसम्म चलाउन पनि छुट दिएका कारण उनले भन्दा आफ्नो सात बर्षको छोराले बढी मात्रामा मोवाईल र टिभी प्रयोग गर्ने गरेको पाण्डेयले बताए ।
त्यस्तै अर्का अभिभावक ओम प्रकाश सुवेदी सागरले आफ्नो बच्चाले प्रश्न सोध्यो भने जान्ने तर लेख्न बिर्सने गरेको बताए । केही अभिभावकहरुले आफ्ना बच्चामा रातमा दात टोक्ने र बरबराउने समस्या रहेको बताए ।
लमहीको गोरखा मोर्डन सेकेन्डरी स्कुल लमहीले बिहीबार बालबालिकाको समस्या पहिचान गर्न आयोजना गरेको अभिभावक र मनोविमर्शविद डाक्टर सुशील कडेलबीचको अन्तरक्रया छलफलफल कार्यक्रमको अवसरमा अभिभावकहरुले आफ्नो समस्या खुलेर राखेका थिए ।
अभिभावक र मनोविमर्शविद डाक्टर कंडेलबीचको आमनेसामने कार्यक्रममा अभिभावकहरुले यी र यस्तै थुप्रै जिज्ञासाहरु राखेका थिए । उक्त अवसरमा स्रोतब्यक्ति मनोविमर्शविद डाक्टर सुशील कंडेलले नेपालका ८६ प्रतिशत बालबालिकाहरु समस्या ग्रस्त रहेको बताएका थिए ।
उनले बालबालिकाहरु समस्यामा पर्नुको पहिलो कारण अभिभावक, रहेको बताए । त्यसका लागि अभिभावकहरुले बच्चा जन्मेदेखि १४ बर्षको हुँदासम्म विशेष ख्याल राख्न जरुरी रहेको बताए ।
मोवाईल ईन्टनेटबाट बच्चालाई छुट्कारा दिलाउनका लागि अभिभावकहरु केही कठोर बन्न आवश्यक रहेको भन्दै मोबाईलको बढ्दो प्रयोगले बच्चाको स्मरण शक्ति गुम्ने खतरा रहेकोले त्यो खतराबाट बच्न अभिभावकहरुलाई सतर्क रहन अनुरोध गरेका छन् ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यालयका सिईयो डाक्टर जीवराज आचार्यले बालबालिकाहरुले पढेको पढ्यै गर्दा रिजल्ट राम्रो आउँदैन, भन्ने अभिभावकको जिज्ञासाको सम्बोधन गरेका थिए ।
साथै विद्यार्थीसँगै अभिभावक र शिक्षकबीचको त्रिकोणात्मक सम्बन्धलाई मजबुत बनाई, बच्चाको दिमाग कसरी स्वस्थ्य बनाउने र बच्चासँगै अभिभावकलाई पनि बालबालिकाप्रति कसरी थप जिम्मेवार बनाई विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने भन्ने उद्देश्यले नेशनल प्रोग्राम सेन्टर र गोरखा मोर्डन सेकेन्डरी स्कुलबीच सम्झौता भई शिक्षक अभिभावक र विद्यार्थीसँगको मनोपरामर्श शिक्षा शुरु गरिएको जानकारी दिएका छन् ।
बिहीबार पहिलो दिन दुई सत्रमा गरि नर्सरीदेखि १० कक्षासम्मका अभिभावकहरुको सहभागिता रहको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल लोकमणि रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *