अबको आवश्यकता मर्यादित पत्रकारिता

फिचर मुख्य खबर राजनीति समाज

घोराही, १३ जेठ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले मर्यादित पत्रकारिता अहिलेको आवश्यकता भएकोले पत्रकारहरुले मर्यादित पत्रकारितामा जोड दिन सुझाव दिएका छन् । समाज रुपान्तरणसँगै सिङ्गो देश परिवर्तनमा पत्रकारको अहम् भूमिका रहेकाले आफ्नो पेशाप्रति पत्रकारहरु मर्यादित हुनुपर्ने उनले बताए ।
पत्रकारितामार्फत जनताको हित विपरीत काम गर्ने जो कोही नेतालाई खबरदारी गर्न अनुरोध गरेका गिरीले राम्रो कामलाई राम्रो र गलत काम गर्नेलाई खबरदारी गर्न उनले सुझाव दिएका छन् । दाङको राजनीति क्षेत्रमा प्रेस युनियनले खेलेको भूमिका सकारात्मक भएको बताएका गिरीले पार्टीमा भातृ संगठनहरुको भूमिका कमजोर देखिएको बताए ।

जुन रुपमा काँग्रेसका भातृ संगठनहरुको भूमिका हुनुपर्ने त्यो रुपमा हुन नसकेको उनले बताएका हुन् । ‘नेपाल विद्यार्थी संघ, तरुण दलहरु नेपाली काँग्रेसका महङ्खवपूर्ण अंग हुन्’ आफ्नो २७औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गिरीले पार्टीका अंगहरुको प्रभावकारी भूमिका नदेखिएको गुनासोसमेत गरेका छन् ।

पत्रकारितामार्फत जनताको हित विपरीत काम गर्ने जो कोही नेतालाई खबरदारी गर्न अनुरोध गरेका गिरीले राम्रो कामलाई राम्रो र गलत काम गर्नेलाई खबरदारी गर्न उनले सुझाव दिएका छन् । दाङको राजनीति क्षेत्रमा प्रेस युनियनले खेलेको भूमिका सकारात्मक भएको बताएका गिरीले पार्टीमा भातृ संगठनहरुको भूमिका कमजोर देखिएको बताए ।


नेपाली काँग्रेसलाई सशक्त बनाउनको लागि काँग्रेसका शुभेच्छुक संस्था, भातृ संगठनहरुलाई बोलाएर छलफल गरिने बताए । कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले कम्युनिष्ट र प्रजातान्त्रिक विचारको विषयमा युनियनका पत्रकारहरुले चिरफार गर्नुपर्ने बताए । कम्युनिष्ट र प्रजातान्त्रिक विचारमा धेरै अन्यौल र भ्रम जनताहरुमा रहेकाले यसको चिरफार गर्नुपर्ने उनले बताए । निवर्तमान सांसद् तथा काँग्रेसका नेता राजु खनालले कम्युनिष्ट सरकार आइसकेपछि दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा रहेकाले त्यसको विषयमा पत्रकारहरुले प्रभावकारी रुपमा कलम चलाउन सुझाव दिएका छन् ।

निजी स्वार्थका कारण स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा पर्न गएको उनले बताए । प्रेस युनियन दाङका अध्यक्ष सुशिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सांसद तथा नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारी, नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जगत खड्का, अकोरावका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, प्रेस युनियनकी केन्द्रीय सदस्य शुलोचना गौतम, काँग्रेस नेतृहरु शुष्मा गिरी, पुष्पा श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष टिका घर्ती, नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम विक, प्रेस चौतारीका अध्यक्ष जेएन सागर, प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चौधरीलगायतले कार्यक्रममा बोलेका थिए । प्रेस युनियनकी जिल्ला उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव देवेन्द्र बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *